• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    शिल्पी संघ नेपाल- कुवेतको सहयोगमा १६ अशक्तसहित १८ परिवारलाई राहत वितरण, हेर्नुहोस १२ तस्विरमा

    7.4K
    SHARES

    काठमाडाैं । कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल- कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

    शिल्पी संघले पठाएको करिब ५६ हजार बराबरको राहत सामग्री संचारकेन्द्र डटकम र लाइन्स क्लब अफ काठमाडाैंको संयुक्त टीमले मंगलबार भक्तपुरका बिभिन्न ठाँउमा रहेका १६ परिवारहरुलाई घरमै पुगेर हस्तान्तरण गरेको हो । संचारकेन्द्र डटकमकी कार्यकारी सम्पादक दिया चन्द नेतृत्वको टोलीले १५ बोरा चामल, २५ केजी दाल, २० लिटर तेल र १५ केजी नुन लगायतका सामाग्रीहरु पिडित परिवारको घरमै पुगेर हस्तान्तरण गरेको हो ।

    त्यस्तै मंगलबार नै काठमाडाैंको सिनामंगलमा रहेका २ जना मजदुर परिवारलाई पनि ५० केजी चामल, ७ केजी दाल, ५ लिटर तेल तथा नुन लगायतका सामाग्री समेत हस्तान्तरण गरिएको छ । अन्य पिडित तथा अशक्त परिवारलाई बाकि राहत सामाग्री एक, दुई दिनमै वितरण गरिने सम्पादक चन्दले जानकारी दिइन।

    शिल्पी संघ नेपाल-कुवेतका अध्यक्ष ईश्वर परियारले संकटको घडीमा २ छाक टार्न समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आफुहरुले सक्दो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

    ‘यतिबेला कोरोनाका कारण जताततै लकडाउन र निषेधाज्ञा छ, दैनिक ज्यालादारी गरेर जिविकापर्जन गर्दै आउनुभएका मजदुरहरु ठुलो संकटमा हुनुहुन्छ, उहाँहरुलाई थोरै भए पनि सहयोग गरौ भनेर हामीले यो राहत सामाग्री पठाएका हौं’ संघका अध्यक्ष परियारले भने ।

    त्यस्तै शिल्पी संघ नेपाल-कुवेतका प्रथम उपाध्यक्ष ज्ञान बहादुर गजमेरले पनि यस्तो समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मानवियताको नाताले आफुहरुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

    सन् २०१७ मा स्थापना भएको शिल्पी संघ नेपाल-कुवेतले बिगतदेखि नै यसप्रकारको सहयोग गर्दै आएको छ । मंगलबारको राहत वितरण कार्यक्रमको सहजीकरण लाइन्स क्लब अफ काठमाडाैंले गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया