• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कला साहित्य

    “हैन यो के भई रहेछ ?”

    14K
    SHARES



    ब्याप्त छ कोरोना सक्रमणको डर अनि सन्त्रास मात्रै।
    अभाब छ, अक्सिजनको।
    अभाब छ, बेडको।
    अभाब छ, आईसियुको।
    अभाब छ, भेन्टिलेटरको।

    अभाब छ, ओषधि, इन्जेक्सन, उपकरणहरुको।
    अभाब भईरहे छ, अत्याबश्यक सामग्रीहरुको।
    कालोबजार भईरहे छ, अत्याबश्यक सामग्रीहरुको।
    बिभिन्न अखवार, पत्र पत्रीकाहरु।
    बिभिन्न टेलिभिजन च्यानलहरुमा।

    बिभिन्न रेडियो एफ एम च्यानलहरुमा।
    बिभिन्न सामाजिक सन्जालहरुमा।
    जे मा पनि छ, खबर दुखको मात्र।
    यति जना सक्रमित मानिस मरे रे।
    यति कोरोना सक्रमित बढेरे।

    भए छ मानिस स्वार्थी।
    परेछ मानिस लोभ र लालचमा।
    बिर्सेछ मानिसले मानबतालाई नै।
    मर्नु नै नपर्ने झै गरि फाईदा उठाउन मै छ्न ब्यस्त ।
    लाश जलाउन अभाब छ ठाउको ।

    चित्ता जलाउन दाउराको भै रहेको छ अभाब ।
    मानिस मर्दा, आफन्त नै मलामी जान पाई रहेको छैन ।
    आफन्तको लाश आफन्तले नै जलाउन पाई रहेको छैन
    हैन यो के भई रहेछ?

    समाप्त।

    -अच्युत मान सिंह प्रधान “उत्सुक” बालुवाटार्, काठ्माण्डु।
    मिति: २०७८-०२-०२

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ