• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    क्रान्तिकारी आन्दोलन र नवसंशोधनवाद

    1.4K
    SHARES

    विश्वमा माक्र्सवादको उदय हुनभन्दा पहिले पनि सर्वहरा वर्गले शोषणबाट मुक्त हुन थुप्रै सङघर्षहरु गरेका थिए । यद्यपि ति संङघर्षहरुले सफलता भने पाउन सकेका थिएनन । किनकी ति संङघर्षहरुलाई अगाडी बढाउन न कुनै विचारधार थियो, न त कुनै राजनैतिक संङगठन नै। जब सर्बहारा वर्गको मुक्तिको बाटो देखाउँदै सन् १८४८ मा माक्र्सवाद अस्तित्वमा आयो, तब सर्वहारा वर्गीय मुक्ति आन्दोलनहरु एक पछि अर्को गरी ब्यापक हुन थाले । ति आन्दोलनहरुले पुँजीपति बर्गलाई हायल कायल मात्र बनाएन साथै ति आन्दोलनहरु बिजयका शिखरहरु चुम्ने दिशातिर अगाडी बढ्न थाले ।

    तत्पश्चात पुँजीपति बर्गहरुले आन्दोलनलाई दबाउने कोशिस गरे तर आन्दोलनलाई दबाउन नसकेर पुँजीपतिहरुले दोस्रो बिकल्प स्वरुप उनीहरु माक्र्सवादी भए र सर्वहारावर्गीय आन्दोलनमा समाहित भए । त्यसपछि उनीहरु माक्र्सवादी भएर माक्र्सवादको बिरोध गर्न थाले र सर्वहारा आन्दोलनलाई भाँड्न थाले । यसरी नै विश्व कम्युनिष्ट आन्दोलनमा विधिवत रुपमा संशोधनवाद भित्रियो । संशोधनवाद रुपमा भन्दा छदमभेसमा रहने हुँनाले यसले कम्युनिष्ट वा माक्र्सवादी भएर नै माक्र्सवादको बिरोधलाई ब्यवस्थित गर्दछ । संशोधनवाद सर्वहारा वर्गको आन्दोलनलाई तहसनहस पार्न पुँजीपतिहरुले माक्र्सवाद बिरुद्ध चलाइएको सैद्धान्तिक संङघर्ष थियो र त्यो आज पनि कायमै छ ।

    विश्वमा माक्र्सवाद जसरी परिस्कृत र विकसित हुदै गयो त्यसरी नै संशोधनवाद पनि समय सापेक्ष तरिकाले बिभिन्न रुपमा देखा परिरहेको छ । चाहे त्यो विश्व कम्युनिष्ट आन्दोलनको १७३ बर्षे इतिहाँसमा होस् या नेपालको कम्युनिष्ट आन्दोलनको ७२ बर्षे अवधि, यो बिचमा संसोधनवाद नै क्रान्तिकारी आन्दोलनको लागि बाधक बन्दै आएको छ । यद्यपी ति बाधा अड्चनलाई तत्कालिन क्रान्ति नायकहरुले कुशल तरिकाले ब्यवस्थापन गरी क्रान्ति अगाडी बढाएको इतिहाँस सर्वबिदितै छ ।

    संशोधनवाद अन्तराष्ट्रिय परिघटना हो । यसले माक्र्सवादको पुर्नब्याख्या, तोड्मोड र बिकृतिकरण गर्ने गर्दछ । विश्व कम्युनिष्ट इतिहाँसमा संशोधनवाद शास्त्रीय, आधुनिक र नवसंशोधनवादका रुपमा प्रकट हुदै आएको छ । चाहे त्यो माक्र्सको नेतृत्वमा गठन भएको पहिलो कम्युनिष्ट अन्तराष्ट्रिय होस् वा एंगेल्सको नेतृत्वमा गठन भएको दास्रो कम्युनिष्ट अन्तराष्ट्रिय, त्यसमा पनि संशोधनवादीहरु कै बोलवाला थियो । तत्कालीन रुसमा क. लेलिनले माक्र्सवादी गुट भित्रकै ट्राटस्की, मार्तोभ र बुखारिन जस्ता संशोधनवादीहरु सँग निर्मम बैचारिक संङघर्ष छेड्नुभएको थियो ।

    अन्ततः उहाँ त्यो संङघर्षमा बिजयी भई सन् १९१७ मा रुसमा अक्टोबर क्रान्ति सफल पार्नु भएको थियो । त्यसका साथै चिनमा क. माओले पनि ल्युशाओचि, हवाकोफेङ, वाङमिङ र लिलिसान जस्ता संशोधन्वादीहरु सँग भिषण संङघर्ष गर्नु परेको थियो । अन्ततः उहाँको संङघर्ष सही सावित भयो र १ अक्टोबर १९४९ मा चिनमा जनवादी क्रान्ति सफल भयो । क्रान्ति पश्चात पनि क. माओले संशोधनवाद बाट जोगिनका लागि आफ्नै नेतृत्वमा सन १९६६ देखि १९७६ सम्म १० बर्षे महान सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरेका थिए ।

    यसैगरी भारतमा १९६४ मा भा.क.पा (माओवादी) को सातौं कांग्रेसमा संशोधनवादी धारा र क्रान्तिकारी धारा बिच भिषणरुपमा दई लाइन संङ्घर्ष चलेको थियो र क. चारु मजुम्दारको नेतृत्वमा संशोधनवाद सँग निर्णायक सम्वन्ध विच्छेद गर्दै महान नक्शलवादी आन्दोलनको उद्घोष गरियो र मालेमाको विचार सँगै जनवादी क्रान्तिको प्रक्रियालाई अगाडी बढाउने काम भयो । यस्तै तत्कालिन रुमानियाका निकोलाई चाउचेस्कुमा आएको दक्षिणपन्थी संशोधनवादी बिचार र साम्राज्यवादसँग गरेको आत्मसमर्पणले त त्यहाँको सर्वहारा राज्यसत्ता मात्र गुमेन स्वयम उनलाई पनि मृत्युशैयामा पुर्यायो ।

    नेपालको ७२ बर्षे कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद पटक पटक देखा परेको छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीलाई २०१२ मा आउँदा क. मनमोहन अधिकारीले कम्युनिष्ट पार्टीलाई आफ्नो लक्ष्य र कार्यक्रमबाट बिचलित बनाई बिधिवत रुपमा कम्युनिष्ट पार्टीमा संशोधनवाद भित्र्याएका थिए । त्यसपछि २०१९ सालमा आँउदा तत्कालिन पार्टी महासचिव क. केशरजङ्ग रायमाझीले अब सशस्त्र संङ्घर्षबाट सत्ता कब्जा गर्न सकिदैन भनेर कम्युनिष्ट पार्टीलाई दरबारमा लगेर बझाई कम्युनिष्ट आन्दोलनप्रति गम्भीर घात गरेका थिए । बिभिन्न आरोह अवरोहबाट बढेको नेपालको कम्युनिष्ट आन्दोलन चौथो महाधिबेशन सम्म पुग्दा क. मोहन बिक्रम सिंहको जड्शुत्रीय संशोधनवाद र निर्मल लामाको सुधारवादी संशोधनवादले पनि क्रान्तिको रथलाई केही बिलम्व गरेको थियो ।

    आज मदन भण्डारीको गुणगान त गाइन्छ र उनी पनि खुश्चेब मोडलको बिचारबाट प्रभावित शैसोधनवादीनै थिए । चुनवाङ बैठकबाट खुला राजनितिमा आएको माओवादी लिडरसिपमा पनि शंसोधनवादी बिचारशैलीले दबदबा कायम गर्दा माओवादी आन्दोलनकै चिल्लीबिल्ली बनायो । २०७४ सालको चुनाबमा नाम मात्रको भए पनि कम्युनिष्ट सरकार बन्छ भनेर जनताले करिब दुई तिहाईको मत दिए तर केपी ओलीको सरकारले त्यो अपार मतलाई कुचल्दै पटकपटक संसद बिघटन गर्दै साम्राज्यवादीहरुको डिजाइनमा कम्युनिष्ट जनतामाथि नै अपमान गरिरहे र जनताको नजरमा कम्युनिष्टलाई गिराइ नै रहे । यसो हुनु भन्दा पछाडि उनी कम्युनिष्ट नभएर दक्षिणपन्थी नै हुँन भन्ने प्रस्ट नै देखिन्छ ।

    बिभिन्न खाले शंसोधनवादसँग निर्मम संघर्ष गर्दै र सम्बन्ध बिच्छेद गर्दै कम्युनिष्ट आन्दोलन भित्रका क्रान्तिकारीहरुले क्रान्तिको लालभण्डालाई अगाडी बढाई नै रहे । जुन आजका दिनसम्म आउँदै गर्दा क.बिप्लब, प्रकाण्ड, सुर्दशन, धर्मेन्द्र र सन्तोष लगाएतका कमरेडहरुले त्यो ईतिहाँसको अविभारालाई जिम्मा लिई सक्नु भएको छ र समय सापेक्ष हिसाबले अगाडि पनि बढ्दै गईरहेको छ । प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको दिशामा अगाडी बढौ भन्ने नाराका साथ २०५२ साल फागुन १ गतेबाट विधिवत रुपमा अगाडी बढेको भिषण जनयुद्ध रणनैतिक रक्षा, सन्तुलन हुदै प्रत्याक्रमणसम्म पुगेको थियो । जस्ले सिङ्गो राष्ट्र र विश्वमा तरङ्ग सृर्जना गरेको थियो । यसरी विजयको सन्नीकट पुगेको नेपालको जनवादी क्रान्ति प्रचण्ड बाबुराम बादल लगायतका नवसंशोधनवादीहरुले खुश्चेवको शान्तिपूर्ण सहअस्तित्वको नामबाट चुनवाङ्ग हुदैं संविधान सभाको निर्वाचनसम्म पु¥याए र नेपालको जनवादी क्रान्तिलाई विधिवत रुपमा संसदीय भाषमा डुबाए ।

    यतिखेर नेपालको कम्युनिष्ट आन्दोलमा दक्षिणपन्थी नवसंशोधनवाद प्रमुख समस्याको रुपमा आएको छ । माक्र्सवादको सृर्जनात्मक बिकासको नाममा माक्र्सवादको सारतत्वको अपहरण गर्नु नै नवसंशोधनवादको मुल बिशेषता हो । नवसंशोधनवाद मलतः तिनवटा बिशेषता र प्रवृतिमा देखा पर्दछ, ति हुन दक्षिणपन्थी विर्सजनवाद, वर्गीय आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवाद । आवरणतः माक्र्सवादी भन्दै गर्ने र सारमा माक्र्सवादका आधारभुत सिद्धान्तः द्धन्दात्मक भौतिकवाद, वर्गसङ्घर्ष, क्रान्तिमा बल प्रयोगको सिद्धान्त र सर्वहारा वर्गको अधिनायकत्व स्वीकार नगर्ने नै नवसंशोधनवादीहरुको चरित्र हो । भण्डा, कम्युनिष्ट नाम र साइनबोर्ड झुण्ड्याउँदै मुखले क्रान्ति र विद्रोहको कुरा गर्ने अनि पद, प्रतिष्ठा र स्वार्थको सौतावाजी गर्दै सहमति, सम्झौता र चुनाबको नाममा वर्गदुश्मनको टाङ्गमुनी लम्पसार परेर आत्मसमर्पण गर्नु नै नवसंशोधनवादी राजनैतिक यात्रा हो । जवसम्म नवसंशोधनवादीहरुलाई सैद्धान्तिक रुपमा छेदविच्छेद गर्न सकिदैन तबसम्म नेपाली क्रान्तिमा निश्चित रुपमा केही बिलम्ब हुनेछ । यदि क्रान्तिकारीहरु समयमै नवसंशोधनवादीहरुमाथि हावी वा विजयी भए मात्र नेपालको क्रान्ति सही दिशामा अगाडी बढ्नेछ र नेपाली जनताका तमाम अधिकारहरुलाई स्थापित गर्न सकिनेछ ।

    नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा जोडिएका सबै कमरेडहरुले बुभ्mनै पर्ने कुरा के हो भने राजनैतिकरुपमा जनवादी क्रान्ति सम्पन्न नभएसम्म देश र जनताका अधिकारहरु स्थापित हुदैनन् । क्रान्तिकारीहरु थाक्नहुन्न, क्रान्तिकारीहरुले आत्मसमर्पण र गद्दारीको सत्तोसराप गर्ने मात्र होइन, क्रान्तिलाई सचेत रुपमा अगाडी बढाउने बाटोमा निरन्तर बढ्नुपर्दछ । अझै पनि देशमा थुप्रै खाले अन्तरविरोधहरु कायमै छन् । जसमध्ये देशीय सामन्तवाद र आम जनसमुदायबिचको अन्तरविरोध र नेपाल राष्ट्र र साम्राज्यवाद बिचको अन्तरविरोध मुख्य रुपमा छन । जवसम्म यी दुईवटा मुख्य अन्तरविरोधको हल पुर्णरुपमा हुदैन तबसम्म नेपाली क्रान्तिले समयसापेक्ष हिसाबले आफुलाई क्रान्तिको मार्गमा अगाडी बढाई रहन जरुरी देखिन्छ । त्यसैले नेपालको कम्युनिष्ट आन्दोलनको एक मात्र उद्देश्य नै माथि उल्लेखित दुईवटा अन्तरविरोधहरुको हल गर्नु र नेपाली क्रान्ति सम्पन्न गर्नु नै हो । नवसंशोधनवाद र साम्राज्यवादका बिच घनिष्ट सम्बन्ध हुने गर्दछ । त्यसकारण एक थरि नेताहरु साम्राज्यवादसित साँठगाँठ गरी क्रान्ति प्रति बिश्वासघात गर्न सक्दछन् । तसर्थ क्रान्तिकारीहरु सदैव यसबाट सजग हुन जरुरी छ ।

    २००६ सालमा एउटा राजनीतिक उद्देश्यसहित स्थापना भएको कम्युनिष्ट पार्टीभित्र २०७८ सम्म आउदै गर्दा बिभिन्न खाले संशोधनवादीहरुको छदमभेदीरुपहरु देखा परिसकेका छन् । त्यो नवसंशोधनवादको रुपमा अभिब्यक्त भैरहेको छ । नेपालको क्रान्तिलाई सबल रुपमा अगाडी बढाउनको निमित्त आन्दोलनमा देखिएका नवसंशोधनवादीहरुलाई पूर्णरुपमा परास्त गरी सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबन्द गरी नयाँ प्रकारले धु्रर्वीकरण र एकीकरणको प्रक्रियालाई पनि अगाडी बढाउन आबश्यक छ । यस सँगै बिचारधारात्मक आधारमा सही राजनीतिक र फौजी कार्यदिशाको निर्धारण पनि गरिनुपर्दछ ।

    क. माओले भन्नु भएजस्तै यदि क्रान्ति गर्नु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । त्यसैले सर्बप्रथम क्रान्तिको लागि क्रान्तिकारी पार्टीको निमार्ण पश्चात ऊ सँग क्रान्तिकारी जनसङ्गठनहरु हुन आवश्यक छ र ती जनसङ्गठनहरुले क्रान्तिकारी पार्टीले निर्धारण गरेको क्रान्तिकारी कार्यदिशालाई क्रान्तिकारी तरीकाले कार्यान्वयन गर्न सक्दछ । निश्चय नै नेपाल अर्धसामन्ती, अर्धऔपनिबेशिक हदै नवऔपनिबेशिक स्थितिमा छ । त्यसैले यस्तो अवस्थामा गर्ने भनेको जनबादी क्रान्ति सँगै समाजवादी क्रान्ति नै हो । नेपालको जनवादी क्रान्तिको लागि देशमा बिद्यमान जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक, सामाजिक साँस्कृतिक अन्तरविरोधहरुलाई वर्गीय अन्तरविरोधमा रुपान्तरण गर्न जरुरी छ । जब बर्गीय अन्तरविरोध चरम अवस्थामा पुग्दछ तब त्यस्लाई क्रान्तिकारी अन्तरविरोध सहित राष्ट्रिय क्रान्तिमा रुपान्तरण गर्न आवस्यक छ । अनि त्यो राष्ट्रिय क्रान्तिले नै नेपालको जनवादी क्रान्ति सहितको समाजवादी क्रान्ति सम्पन्न गर्ने छ र साँच्चै नेपाल साम्राज्यवादको चरम उत्पीडनबाट मुक्त हुनेछ र देश सार्वभौम हुनेछ साथै जनता पनि स्वाभिमानी हुनेछन ।

    स्मरणीय रहोस् एकचोटी भिएतनामका राष्ट्रिय क्रान्ति नायक होचिमिन्हले भनेका थिए “बिरहरुले सङ्घर्ष गर्दछन्, कायरहरुले घुँडा टेक्छन्, इमान्दारले सामना गर्दछन्, गद्दारले विश्वासघात गर्छन” । यही क्रान्तिकारी भनाईले गर्दा त्यहाँका लाखौं जनताहरुले विश्व साम्राज्यवादको नाइके अमेरिकालाई भियतनाममा छेदबिछेद गरी पराजीत गरेका थिए । तत्पश्चात त्यहाँ चलेको जनवादी क्रान्ति राष्ट्रिय क्रान्ति सँगै सफल भएको थियो । त्यसैले नेपालको जनवादी क्रान्तिको सन्दर्भमा पनि राष्ट्रिय क्रान्ति नै जनवादी क्रान्ति र समाजवादी क्रान्तिको एक मात्र बिकल्प हुन सक्छ । यो बिकल्पलाई नेपालका क्रान्तिकारीहरु अझ भन्दा बिप्लव नेतृत्वको नेकपाका नेतृत्वगणहरुले गम्भीर तरीकाले विश्लेषण गर्न आवश्यक छ । म आम नेपाली क्रान्तिको अग्रदस्ता पार्टी नेकपाका कमरेडहरुलाई के भन्न चाहान्छु भने विश्वमा कहीँ पनि वर्गसमन्वयको अभ्यासले त्यहाँका जनताको हक अधिकार सुनिश्चित भएका छैनन् । त्यो त केवल वर्गसङ्घर्षको परिस्थितिले मात्र सम्भव भएका छन् ।

    अन्तमा नवसंशोधनवाद र अबसरवाद सँग निर्णायक सम्बन्ध विच्छेद गरीसकेको अबस्थामा एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाजवाद ल्याउने र क्रान्तिको लालझण्डालाई सगरमाथाको देशबाट विश्व सर्वहारावर्गलाई नयाँ उत्साहा, उमङ्ग र सन्देश दिनको लागि आ—आफ्नो तह र तप्काबाट क्रान्तिकारी, प्रगतिशील र देशभक्तहरु एकजुट भै अगाडी बढौं । देश लाई भारतीय र अमेरिककी साम्राज्यवादको उत्पीडनबाट पूर्णरुपमा मुक्त गरौ । नेपालको चौतर्फी संकटको हल भनेको केवल चौतर्फी क्रान्ति हो । सबैले बुझ्नुपर्ने सच्चाई यही हो नेपालमा क्रान्ति आवश्यक छ र सम्भव पनि छ । यहीनीर हामीले बुझाउने कुरा के छ भने नेपालमा बिश्वक्रान्तिका सार्वभौम शिक्षाहरुलाई आत्मसात गदै नेपाली विशेषताहरुलाई पकडेर गर्ने क्रान्ति मात्र सम्भव छ । यो क्रान्ति माओले भन्नुभएजस्तै न कसैको यान्त्रीक अनुकरणवाट सम्भव छ न त बिश्वक्रान्तिका सार्वभौम मान्यतालाई त्यागेर नै सम्भव छ । यो त नेपाली विशेषता सहितको क्रान्तिको मोडेल एकीकृत जनक्रान्तिबाट मात्र सम्भव छ ।

    प्रतिक्रिया