• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्ने ५ तरिका

    10K
    SHARES



    कमल धिताल । फेसबुक विश्वको एक अग्रणी र लोकप्रिय सोशल नेटवर्किङ्ग साईट हो। फेसबुक अकाउन्ट नभएक मानिसहरु सायद कमै
    होलन । नेपालमा पनि सबै भन्दा धेरै प्रयोग गरिने सोसल मिडिया फेसबुक नै हो ।

    फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? फेसबुक सुरक्षा सेटिंग्स कसरी सुरक्षित गर्ने ? आज हामी यहाँलाई तपाईको फेसबुक अकाउन्ट कसरी सुरक्षित गर्ने भन्ने बारेमा जानकारी दिदै छौ ।

    केहि समय अगाडी कलाकार दीपा श्री निरौला लगायतका कलाकारको फेसबुक ह्यक भएको समाचार बाहिर आएको थियो । बिसेश गरी फेसबुक ह्यक हुनुमा बलियो पास्वर्डको प्रयोग नहुनु र सेटिङको उचित प्रयोग न गर्नु नै मुख्य कारण रहेको देखिन्छ । तल ५ सामान्य तरिकाहरु जसले तपाईको फेसबुक खातालाई ह्याकरहरूबाट सुरक्षित राख्नुहोस्।

    १. बलियो पास्वर्डको प्रयोग गर्नुहोस ।
    पास्वर्ड बलियो राख्नुहोस किन कि पासवर्ड नै तपाईंको फेसबुक अकाउन्टको मुख्य सुरक्षा दिने माध्यम हो । ठाउँको नाम आफ्नो मन पर्ने साथीको नाम मन पर्ने जनाबर को नाम प्रयोग नगर्नुहोस यस्ता पासवर्ड तपाईंको नजिकका ब्यक्तीले अनुमान गर्न सक्छन साथै स्पेसल क्यारेक्टरको प्रयोग गर्नुहोस जस्तै #!$ । सके सम्म पासवर्ड जेनेरेटरको प्रयोग गर्नुहोस ।

    साथै, तपाईको पासवर्ड प्रत्येक छ महिनामा एक पटक मात्र फेसबुकको लागि मात्र नभएर सबै ठाउँमा परिवर्तन गर्नुहोस्। पासवर्ड परिवर्तन गर्न दाया तर्फको माथि भागमा रहेको मेनुमा जानुहोस सेटिङ्ग, जेनेरल सेटिङ्ग पासवर्ड च्याञ्जमा जानुहोस् र आफुलाई सजिलो हुने तर स्ट्रोङ्ग पासवोर्ड राख्नुहोस ।

    २. मोबाइल नम्बर भेरीफिकसन
    तपाईको मोबाईल नम्बर भेरीफिकसन गर्नाले फेसबुक सुरक्षालाई सुदृढ बनाउँछ। तपाईंले आफ्नो अकाउन्टको पासवर्ड बिर्सनुभयो भने फेसबुकले तपाइँको मोबाइल नम्बरमा ओटिपी पठाउँदछ र तपाइँ आफ्नो फेसबुक अकाउन्ट पासवर्ड रिसेट गर्न सक्नुहुन्छ। मोबाईल नम्बर भेरीफिकसन गर्न सेटिङमा जानुहोस र आफ्नो नम्बर हाल्नुहोस अनि आएको भेरीफिकसन कोड राखेर भेरीफिकसन गर्नुहोस ।

    ३ . लागिन अप्रुभल सक्रिय गर्नुहोस्
    लगइन अप्रुभल फेसबुकद्वारा प्रदान गरिएको एक सुरक्षा सुविधा हो, र यसले तपाईलाई सुरक्षा कोड प्रदान गर्न प्रत्येक पटक तपाईको फेसबुक खातामा अपरिचित डिभाइसहरूबाट लगइन गर्दा कोड राख्नुपर्ने हुन्छ । लगइन अप्रुभल सक्रिय गर्न,
    अकाउन्ट सेटिंग्समा गएर लग इन अप्रुभल अन गर्नुहोस ।

    ४. स्पाम लिन्क नखोल्नुहोस
    मेसेन्जरमा आउने सबै लिन्कहरु नखोल्नुहोस । आफ्नै बिश्वास गरेको साथीहरुबाट पनि यस्ता स्पाम लिन्कहरु आउने गर्छन । केहि समय अगाडी यो तिम्रो फोटो हो भन्ने स्पाम लिन्कले धेरै प्रयोग कर्ताहरुको अकाउन्ट ह्यक भएको थियो । लिन्क खोल्नु अगाडी लिन्क साथीले पठाएको हो वा होईन कस्तो लिन्क हो सबै बुझेर मात्र अगाडी बढ्नुहोस नत्र तपाईं अकाउन्टको डाटा पनि असुरक्षित हुन सक्छ ।

    ५. साइन आउट गर्नुहोस्
    तपाईको फेसबुक खाताबाट लग आउट गर्न कहिल्यै नबिर्सनुहोस् मोबाईलमा फेसबुक प्रयोग गरेपछी हामी लग आउट गर्दैनौ यही बानी हामी साइबर काफे वा अफिसमा पनि लग आउट गर्न बिर्सौछौ यसले गर्दा हाम्रो हाम्रो फेसबुक अकाउन्ट असुरक्षित हुन जान्छ । प्रयोग गरिसके पछी लग आउट गर्न नबिर्सनुहोस ।

    लेखकका अन्य ब्लगहरु पढ्न यो लिंकमा क्लिक गर्नुहोला ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया