• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आफ्नो मृत्युपूर्व श्रीमानले राखेको अन्तिम इच्छा नजिकै बसेकी श्रीमतीले यसरी गरिदिइन पुरा

    2.4K
    SHARES



    काठमाडौँ । “पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने ?” यो भनाइ काठमाडौँको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो । सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उनि सिन्दुर, चुरा, पोते र रातो परिहनमा छन् ।

    पतिको दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फु’टाइदिने सदियौँदेखिको प्रचलन छ । तर, सरिताले यो परम्परा तोडेको सुन्दा पत्याउन गाह्रो हुन्छ । उनि भन्छन्, “सिन्दूर-पोते र चुरा पतिको सुन्दर उपहार हो । यसलाई जतन गरी लगाउनुपर्छ । श्रीमानसँग गाँसिएको सौभाग्य उतार्नुहुन्न ।”

    सरिताले आफूले मात्र रातो बस्त्र लगाएर बसेकी होइनन् । छोराहरूलाई पनि सेतो बस्त्र लगाउन दिइनन् । उनका छोराहरू विमल र अमललाई सेतो बस्त्र लगाउन रोकिन । “मानिसलाई जीवित छँदा राम्रो हेरचाह, माया गर्नुपर्छ”, उनले भनिन, “रुढीवादी परम्पराका पछाडि लागेर बाँचेकालाई दुःख दिनुहुँदैन ।”

    त्यति मात्र होइन, सरिताले १३ दिनसम्म भोकै बस्दा आफ्ना सन्तान कमजोर हुन्छन् भनेर सात दिनमै काजकिरिया सक्न लगाइन र तीन दिनबाट दुई छोरा र तीन छोरी सनम, निसम र कुसुमलाई खान भनिन । “कति महिला सानै उमेरमा विधवा भएका छन्, म सन्देश दिन चाहन्छु”, उनले जोड दिइन, “रुढीवादी परम्परा हो यो, पतिको चिनो फाल्नु पर्दैन, लगाउनुपर्छ ।”

    स्व पौडल शिक्षासेवी थिए । उनले धेरै क्याम्पस प्रमुख भएर काम गरे । उनले आफ्नो निधन हुनुअघि नै आफूलाई शवदाहगृहमा अन्तिम संस्कार गर्न परिवारसँग आग्रह गरेका थिए । अनि आफ्ना छोराहरूलाई कोरामा नबस्न आग्रह गरेका थिए । “आफ्नो बाबुलाई जलाउँदा सन्तालाई पीडा हुन्छ, मलाई शवदाह गृहमा जलाउनु”, पौडेलकी नातिनी प्रज्ञा पौडेल खड्काले सुनाईन, “खाली ठाउँमा गएर कोरा बस्नु पर्दैन, घरमै बस्नु भनेका थिए।”

    जीवनका उत्तराद्र्धमा पनि उनले आफ्नो काम आफैँ गरेको अनुभव प्रज्ञाले सुनाउँदै भनिन्, “हजुरआमा ८३ वर्षको हुनुहुन्छ, तिमीहरू आफ्नो काममा लाग, कसैलाई दुःख दिन्न, मेरो हातखुट्टा चलिञ्जेल आफैँ गरेर खान्छु भन्छन् ।”

    समाजमा परम्पराअनुसार काजकिरिया गर्नुपर्छ । पति बितेका महिलालार्ई अहिले पनि रातो कपडा लगाउन हुँदैन । सिन्दुर पोले लगाउन हुँदैन भन्ने विश्वास यथावत छ । जीवनको उत्तराद्र्धमा पतिको निधनपछि गरेका क्रियाकलाप समाजका लागि सकरात्मक उदारहणका रूपमा लिन सकिन्छ ।

    यसैबीच नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।

    वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे ।

    सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनले बताए । ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरेका हुन् । सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ ।

    पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिए ।

    जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उनको छ । प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उनले सल्लाह दिएका छन् । छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव दिएका छन् । दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइ छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ ।

    कार्यक्रममा पूर्व मुख्यसचिव एवं सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेल, अभियानकर्मी राजकुमार भट्टराईलगायतले आम मानिसमा चेतना जागृत गर्न जुम प्रविधिका माध्यमबाट साप्ताहिक रूपमा कार्यक्रम आयोजना गरिएको बताए । महाअभियानले प्रत्येक दिन बिहान साढे छ बजेदेखि एक घण्टासम्म कोरोनाबाट बच्न सहयोग पुग्ने प्राणायाम, योगासनलगायत साधनासमेत गराइरहेको छ ।

    दीर्घ रोगीका लागि कोरोना थप खतरनाक साबित भइरहेको छ । मधुमेह पनि ती दीर्घ रोगमध्ये पर्छन् जसले कोरोनाका बिरामीको समस्यालाई थप बढाइरहेको छ । हुन त कोरोनाको दोस्रो लहरले स्वस्थ व्यक्तिहरुलाई पनि आफ्नो चपेटामा पारिरहेको छ तर पनि मधुमेहका रोगीमा यसको गम्भीरता अलि बढी नै देखिएको छ ।

    ब्लड सुगरको खराब स्तरले इन्सुलिनको उत्पादनमा असर पार्छ र यसका कारण प्रतिरोधी क्षमता कमजोर हुन्छ । यसबाहेक मधुमेहका बिरामीको रक्त सञ्चार पनि राम्रो हुँदैन त्यसैले उनीहरुलाई निको हुन अलि समय लाग्छ ।

    मधुमेहका बिरामीलाई यदि कोरोना भएको छ भने यसका लागि भाइरल लोडसँग लड्न थप मुश्किल हुनेगर्छ । यतिमात्रै होइन, उनीहरुमा अन्य थुप्रै रोग देखिने खतरा बढ्ने गर्छ । कोरोना भएपछि मधुमेहका बिरामीमा मुटु, साससँग सम्बन्धित समस्या र फोक्सोको रोग लाग्ने सम्भावना बढ्ने गर्छ ।

    मधुमेहका रोगीलाई कोरोनाका अन्य केही लक्षण पनि महसुस हुन सक्छन् । यदि समयमा नै ध्यान नदिए यो घातक पनि हुनसक्छ । आउनुहोस्, त्यस्ता लक्षणबारे जानकारी लिऔं जसलाई नजरअन्दाज गर्नु भारी साबित हुनसक्छ ।

    छालामा डाबर र नङमा असरः दोस्रो लहरमा धेरै मानिसहरुलाई साधारण लक्षण अघि छालामा डाबर देखिने, सुन्निने वा एलर्जीजस्ता समस्या महसुस भइरहेको छ । जस्तै कि हात–खुुट्टाका नङमाथि असर देखिन थाल्छ र छालामा रातो धब्बाजस्तो लक्षण ती कोरोनाका बिरामीमा धेरै पाइएका छन् जसको ब्लड सुगर लेभल अत्यधिक छ ।

    मधुमेहका बिरामीको घाउ चाँडै निको हुँदैन । हाई ब्लड सुगरका कारण छाला अत्यधिक रुखो हुन्छ । यसबाहेक छाला सुन्निने, रातो धब्बा, फुस्रो हुने सम्भावना बढ्ने गर्छ । यी सबै चिज कोरोना लाग्दा पनि हुनसक्छ । त्यसैले मधुमेह भएका कोरोनाका बिरामीले आफ्नो छालाको विशेष ध्यान राख्न आवश्यक छ र सुरुवाती लक्षणमा ध्यान दिन जरुरी छ ।

    कोभिड निमोनियाः कोरोनाका बिरामीलाई निमोनिया खतरनाक साबित हुनसक्छ । विशेषगरी उनीहरुलाई जसलाई पहिले नै मधुमेहको खतरा छ । बढेको ब्लड सुगरले साससँग सम्बन्धित समस्या बढाउँछ जसका कारण कोरोना थप गम्भीर हुने गर्छ । डाक्टरका अनुसार मधुमेह उच्च भइरहेका बेला भाइरस निकै सजिलै शरीरमा फैलिने गर्छ र अन्य अंगलाई खराब गर्न थाल्छ ।

    अक्सिजनको कमीः दोस्रो लहरमा कोरोनाका बिरामीमा अक्सिजनको कमी सबैभन्दा धेरै देखिएको छ । मधुमेहका बिरामीको प्रतिरोधी क्षमता कमजोर हुने बित्तिकै ती मानिसहरुमा अक्सिजनको कमीको खतरा थप बढ्ने गर्छ । मधुमेहका बिरामीलाई सास फेर्न समस्या र छाती दुख्नेजस्ता लक्षण बढी पाइएको छ । यसबाहेक हाइपोक्सियाको पनि सबैभन्दा बढी खतरा मधुमेहका बिरामीलाई नै देखिएको छ । हाइपोक्सियामा बिन कुनै लक्षण अक्सिजन लेभल कम हुन थाल्छ ।

    ब्ल्याक फंगसः कोभिड–१९ मा ब्ल्याक फंगसको खतरा अचानक बढ्दै गइरहेको छ । यसका कारण मानिसहरुको टाउको दुख्ने, आँखा कमजोर हुने र सुन्निनेजस्ता लक्षण देखिएका छन् । कतिपय अवस्थामा त यसका कारण बिरामीको ज्यान पनि गइरहेको छ । यो विशेषगरी कोरोनाबाट निको भइसकेका ती बिरामीलाई भइरहेको छ जसको ब्लड सुगर असाध्यै धेरै हुन्छ वा उनीहरुलाई स्टेरोइडको बढी डोज दिइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ