• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    एउटै स्कुलका ७ शिक्षिका एकसाथ गर्भवती, कारण सुन्दा सबै चकित (भिडियो सहित)

    4.2K
    SHARES

    कुनै कुनै घटनाहरु यस्ता हुन्छन् की जुन योजनाबद्ध थियो वा संयोगबस भन्ने जिज्ञासा नै उत्पन्न हुने गर्छ । यस्ता कुराहरु सहजै बिश्वास गर्न मुस्किल पर्छ । तर यस्तै भयो अमेरिकास्थित एक स्कुलमा । जुन अमेरिकाको कन्सास राज्यमा रहेको ओक स्ट्रीट स्कुलको कुरा हो । केही समय अगाडीको प्रसङ्ग हो, त्यस स्कुलमा अध्यापन गराउने ७ जना शिक्षिकाहरु एकसाथ गर्भवती भए ।

    यो योजनबद्ध तरिकाले नभई मात्र संयोग भएको क्याटी नाम गरेकी शिक्षिकाले बताएकी छिन् । गर्भवती हुने शिक्षिका एक जना एक सन्तानको आमा समेत बनिसकेकी छिन् । उनी आफुसंगै कार्यरत रहेका अन्य शिक्षिकाहरु पनि एकसाथ गर्भवती भएपछि निकै उत्साहित भएको बताउँछिन् । स्कुलका ७ शिक्षिका एकसाथ गर्भवती भएपछि अमेरिकामा यो खबरलाई जोक्सको रुपमा सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु इन्जोइ गरिरहेका छन् ।

    सो स्कुलमा १४ शिक्षिका रहेकामा आधाले मातृत्व अवकास लिएका छन् भने बाँकी रहेका ७ जना पनि एकसाथ गर्भवती भएपछि यसलाई निकै रोचकताका साथ हेरिएको हो । यस्तो कसरी सम्भवत भयो ? के यो योजनाबद्ध तरिकाले भएको थियो ? यस्तै सोचिन्छ तर शिक्षिकाहरुका अनुसार यो एउटा संयोग मात्र हो । उनीहरुले अब उक्त स्कुलको पानी कसैले पनि नखाने भन्दै हाँसो गरिरहेका छन ।

    यता ७ जना शिक्षिकाले पनि मातृत्व अवकास लिने भएपछि उनीहरुको स्थानमा अन्यलाई ल्याउने प्रिन्सिपल बताउँछिन् । स्कुलकी प्रिन्सिल एश्ले मिलरका अनुसार २० बर्षको करियरमा यस्तो घटना कहिल्यै नदेखेको बताउँछिन् । ७ जना शिक्षिकाहरु एकसाथ गर्भवती भएको कुरा सार्वजनिक भएपछि उनी छक्क परिन् । जसमा एक जना शिक्षिकाले त जुम्याहा जन्माउन लागेको उनको भनाई छ ।

    यस्तै अर्को रोचक प्रसङ्ग 

    एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरियो भने पनि जुन कुनै आमा निकै आत्तिन्छिन् । बेलायतकी २४ वर्षकी एक महिलालाई पनि यस्तै भयो । बेकी स्टाइल्स नामकी ती महिलाले आफ्ना १० महिनाका छोरा हार्वेको डाइपर बदल्ने क्रममा मुखभित्र प्वाल देखेपछि उनको होसहवास उड्यो ।

    डेली रेकर्डको रिपोर्ट अनुसार बच्चाको मुखभित्रदेखि तालुसम्म प्वाल परेको देखिएको थियो । छोराको मुखादेखी तालुसम्म प्वाल देखेपछि बेकीको सातो गयो । उनी निकै आत्तिइन् । उनका अनुसार प्वाल देखेपछि उनले त्यो प्वाल छुने कोसिस गरिन् तर उनका पतिले उनलाई रोके । महिलाले भनिन् ‘यो देखेर म काँपिरहेकी थिएँ । पसिना आइरहेको थियो । हामीले टर्च बालेर पनि त्यसलाई हेर्यौं ।’ त्यसपछि बेकीले आफ्नी आमालाई फोन गरिन् । आमाले उनलाई १११ मा फोन गर्न भनिन् । यही बेला बेकीका पिताले उनलाई बच्चा लिएर तत्काल अस्पताल जान भने ।

    बेकीका अनुसार अस्पतालमा डाक्टरले हेर्नुभन्दा पहिले एक नर्सले बच्चाको मुख खोलेर हेरिन् । बच्चाको मुखमा परेको प्वाल हल्का चम्किरहेको थियो । नर्सले जब नजिकै गएर हेरिन् त्यसपछि मात्रै थाहा भयो, बच्चाकी आमाले जसलाई प्वाल सम्झिरहेकी थिइन् त्यो एक हानीरहित स्टिकर थियो, जुन कुनै तरिकाले बच्चाको तालुमा गएर टाँसिएको थियो । यो एकदमै सामान्य स्टिकर थियो । सम्भवतः त्यो स्टिकर घरमा ल्याइएको कुनै सामानमा टाँसिएको थियो र पछि त्यो स्टिकर कुनै किसिमले बच्चाको मुखमा पुगेको थियो ।

    प्वालको वास्तविकता थाहा पाएपछि बेकीले आफूलाई निकै लज्जित महसुस गरिरहेकी थिइन् । तैपनि उनले यो घटना अरुलाई पनि सेयर गरिन्, ताकि अन्य मातापिता यस किसिमले नझुक्किउन् । महिलाले भनिन् ‘जब म बच्चालाई लिएर अस्पताल पुगें त्यसपछि हामीले नर्सलाई ढोकामै यसबारे बतायौं । उनीहरुले अर्को वार्डमा रिफर गर्ने कुरा गरिरहेका थिए । यही क्रममा एक नर्सले मलाई टर्च बालेर हेर्न दिनु भनिन् । करिब ३० सेकेण्डपछि उनले यो स्टिकर हो भनिन् । उनले अब त्यो प्वाल हेर्नुस् भनिन् अनि मुखमा हात हालेर स्टिकर निकालेर देखाइन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ