काठमाडौँ । नेपालको उत्कृष्ट ५ भित्र पर्ने डिजिटल अनलाइन मिडिया सञ्चारकेन्द्र डटकमका डडेल्धुरा संवाददाता मनोज रावत विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठनको जिल्ला संयोजकमा चयन भएका छन् ।
जिल्लाबाट जनपक्षीय पत्रकारिता गर्दै सञ्चारकेन्द्रमा आबद्ध रहेका रावतको नेतृत्व ७ सदस्यिय जिल्ला सम्मेलन आयोजक समिति गठन भएको छ । आयोजक समिति गठनपछि संगठनको पहिलो बैठक पनि बसेको छ । बैठकमा नेकपाका जिल्ला ईन्चार्ज दौलत बिष्टको उपस्थिती रहेको थियो ।
बैठकले जनजीविका, राष्ट्रियतालगायतका बिभिन्न बिषय समेटी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, जनपक्षीय पत्रकारिता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल र बहस गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख अतिथि रहेका दौलौतले डडेल्धुरामा भईरहेको बेथिति र विसंगतिहरुको उजागर गर्दै जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीको एजेण्डा बैज्ञानिक समाजवाद अब राष्ट्रिय एजेण्डा भइसकेको र उक्त एजेण्डामाथि सम्पूर्ण बुद्धिजिवी, राजनितिक दल, नागरिक समाजसँगै सुरक्षाकर्मीसँग बृहत छलफल गरी जनमत संग्रहमा जाने पार्टीको लाइन रहेको बताएका छन ।
बैठकमा संगठनका सेति महकाली ब्युरो संयोजक प्रकाश थापाले सम्बोधन गर्दै जनपक्षीय पत्रकारिताका लागि कसैसँग कुनै पनि प्रकारको सम्झौता नगर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया