• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    होटेलको बन्द कोठाबाट अर्काकी श्रीमतीसँग रंगेहात पक्राउ परे महरा, को हुन ति महिला ?

    9.3K
    SHARES

    बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा खोचलेकको एक होटलबाट महिलासहित पक्राउ परेका छन्। बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले महरालाई एक जना महिलासहित होटेलबाट नियन्त्रणमा लिइएको जानकारी दिए।

    दुवैजनालाई बिहीवार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको उनको भनाइ छन् । उनीहरु एउटै कोठामा बसिरहेको सूचना वडा अध्यक्षकी श्रीमतीले प्रहरीलाई दिएको र सोहि सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

    शंकास्पद रुपमा भेटिएका दुवैजनालाई सदरमुकाम ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। ‘दुवैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘जिल्ला ल्याइँदैँछ, थप बुझ्छौं। अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन। पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने छ।’ महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा उनी वडाअध्यक्ष चुनिएका थिए।

    उता धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।

    ब्युरोले यस विषयमा सार्वजनिक गर्न शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । पक्राउ परेका व्यक्तिलाई धादिङ बुझाएर ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

    खोल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।

    सल्यानटार–आरुघाट सडकखण्डमा चल्ने एक बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि बुढाथोकी डोजर छाडेर भागेका थिए । त्यसयता अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धादिङले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग सहकार्य गरिरहेको थियो ।

    तर, उनी पक्राउ परेकोबारे आफूलाई थाहा नभएको धादिङका एसपी महेन्द्र खड्काले बताए । घटनापछि स्थानीयवासीले डोजरमा ढुंगामुढा र आगजनी गरेका थिए ।

    यसैबीच यता दक्षिणकाली नगरपालिका–१, खहरेमा भेटिएको दुईजनाको शवको सनाखत भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङ छन् ।

    प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे । दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको काठमाडौं प्रहरीका प्रवक्ता एवं एसपी रमेशबहादुर बस्नेतले बताए ।

    ‘दुवैजना बाङ्गेमूढामा बस्थे’ एसपी बस्नेतले भने–‘उनीहरु साथी हुन्, मृत्युको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह कमाण्डको टिम घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवस्था अवलोकन गरेका छन् ।

    तालिमप्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिएको एसपी बस्नेले बताए । खहरेस्थित जंगलमा डाँडा वारी–पारी दुई जनाको शव फेला परेको थियो । अर्जुनका दाइले प्रहरीलाई बताए अनुसार उनीहरु बिहिबार बिहान १० बजेबाट हराएका थिए ।

    शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ