• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपा सेती-महाकाली व्युरोद्वारा स्कुलिङ कार्यक्रम सुरु

    6.7K
    SHARES



    कैलाली । नेपाल कम्युनिष्ट पार्टीले सेती-महाकाली व्युरोमा स्कुलिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । सेती-महाकाली व्युरो स्कुलिङ विभागको आयोजनामा कैलालीबाट शुरु गरिएको स्कुलिङ कार्यक्रमको उद्घाटन पार्टीका सेति महाकाली व्युरो इन्चार्ज प्रशान्तले गरे ।

    कार्यक्रमको उद्घाटन गर्दै  इन्चार्ज प्रशान्तले बैज्ञानिक समाजवाद नै अहिलेको राजनीतिक संकटको निकास भएको बताए । उनले भने,”संसदीय व्यवस्था मक्की सकेको छ । संसदवादीहरुले जतिसुकै प्रयत्न गरे पनि संसदीय व्यवस्थाको अन्त्य अनिवार्य छ । जनताको चाहना अनुसार शान्तिपूर्ण तरिकाले व्यवस्था छनौटका लागि जनमत संग्रहमा जान तयार छौं।”

    सेती-महाकाली व्युरो स्कुलिङ विभागका प्रमुख शेर बहादुर देउवाको अध्यक्षताम भएको कार्यक्रममा जनयुद्धका घाईते योद्धा संघका पुर्व अध्यक्ष प्रेम बयक, पार्टी व्युरो सदस्य गणेश ढकाल अतिथि थिए ।

    व्युरो स्कुलिङ विभाग सदस्य दील वहादुर साउँदले सन्चालन गरेको उक्त कार्यक्रममा स्कुलिङ विभागका सदस्य राजेन्द्र विष्ट ‘परिवर्तन’ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जनयुद्धका घाईते प्रेम बयक, लामो समयसम्म जेल जिवन विताएर रिहा भएका गणेश ढकाल, पुर्ण खड्का र जगतलाई अभिनन्दन समेत गरिएको थियो ।

    चार दिन सम्म चल्ने स्कुलिङमा शेर वहादुर देउवा, परिवर्तन र दील वहादुर साउँदले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ