• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    किम जोङ उनकी बहिनीले दिईन अमेरिकालाई यस्तो कडा चेतावनी, भनिन- चार वर्ष राम्ररी सुत्ने भए…

    21K
    SHARES



    एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले चार वर्ष राम्ररी सुत्ने भए आफ्नो देशको भूमिमा बारूदको गन्ध फैलाउन बन्द गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई चेतावनी दिएकी छन्।

    मंगलबार सरकारी पत्रिकामा प्रकाशित जोङको वक्तव्यमा अमेरिका र दक्षिण कोरियाबीच गत सता सुरू भएको संयुक्त सैन्य अभ्यासको विरोध गरिएको छ।

    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको अर्को दिन उत्तर कोरियाली शासककी शक्तिशाली बहिनीले यस्तो चेतावनी दिएकी हुन्। सोमबार जापान आइपुगेका ब्लिन्केन र अस्टिन द्वीपक्षीय वार्ताका लागि बुधबार दक्षिण कोरिया आउँदै छन्। उनीहरूले जापान र दक्षिण कोरियामा गर्ने उच्चस्तरीय राजनीतिक कुराकानीको केन्द्रमा उत्तर कोरिया नै हुनेछ।

    उत्तर कोरियाका शासक उनसँग पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गरेका थिए। उनीहरूबीच कोरियाली प्रायद्वीपमा सैनिक तनाव कम गर्ने सहमति पनि भएको थियो। अहिले उत्तर कोरिया उक्त सहमतिबाट पछि हट्ने मनस्थितिमा छन्।

    ‘हामीले एक आँखाले दक्षिण कोरियाको रवैया र व्यवहार हेरिरहने छौं। यदि उनीहरूले उत्तेजना फैलाए भने हामी असाधारण तरिका अपनाउने छौं,’ जोङले भनेकी छन्,’ समुद्रबाट हाम्रो भूमिमा बारूदको गन्ध फैलाउन खोजिरहेको अमेरिकाको नयाँ प्रशासनलाई पनि म यही बेलामा भन्न चाहन्छु- आउने चार वर्ष राम्ररी सुत्न मन छ भने सुरूदेखि नै यस्तो काम गर्नु तिनीहरूकै लागि राम्रो हुने छैन।’

    यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उत्तर कोरियाली अधिकारीहरूसँग वार्ताको प्रयास गरेका छन् । फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    अमेरिकी प्रयासका बाबजुत अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बुझिएको छ । अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वाशिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो ।

    उत्तर कोरियाको परमाणु कार्यक्रम र विभिन्न क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहँदै आएको छ ।बाइडनका पूर्ववर्ती डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच तीन पटक वार्ता भएपनि तिनले उल्लेखनीय प्रतिफल दिन सकेका थिएनन् ।

    उत्तर कोरिया आणविक अस्त्र परित्याग गर्न सहमत होस् भन्ने अमेरिका र पश्चिमा मुलुकहरूको प्रमुख चाहना रहेको तर वार्ताका क्रममा सहमति बन्न नसकेपछि ती वार्ताले अपेक्षाकृत सफलता पाउन नसकेका हुन् ।

    हुन त दुई वर्ष पहिले अमेरिका र उत्तर कोरियाबीच लडाइँ नै हुनसक्ने खालका प्रतिक्रियाहरू एक अर्काले जनाउने गरेका थिए । वार्ताका माध्यमबाट कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्ने ट्रम्प प्रशासनको नीतिले सफलता पाउन सकेको थिएन ।

    प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत ‘न्यूयोर्क च्यानल’ भनिने संयुक्त राष्ट्रसङ्घमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको थियो । बेलायती समाचारसंस्था रोएटर्सका अनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेको छैन ।

    बाइडनले यसअघि नै उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गरेका छन् । त्यस्तो समीक्षा एप्रिल महिनामा सार्वजनिक गरिने अपेक्षा छ विश्व समुदायको छ ।

    उनले उत्तर कोरियामाथिको चर्को प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङ्याङको आणविक निरस्त्रीकरण हुनुपर्नेमा जोड दिएका छन् । उत्तर कोरियाले अझ स्पष्ट निसाना गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र, ठूला आणविक हतियार, जासुसी भूउपग्रह र आणविक ऊर्जाचालित पनडुब्बीहरू विकास गरेको प्योङयाङबारे जानकारहरूले बताउने गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ