• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लव नेकपासँगको वार्तापछि गृहमन्त्री बादलले दिए यस्तो प्रतिक्रिया

    10.5K
    SHARES

    काठमाडौं । प्रतिबन्धित विद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपासँग वार्ता गरेको केहि घण्टामै सरकारी वार्ता टोलीको संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

    बुधबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच भएको पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका हुन् ।

    वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति नजिक पुगेको दाबी गर्दै उनले भनेका छन्, ‘केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

    सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् भने बिद्रोही नेकपा नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् ।वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौँ आएको बताइन्छ ।

    सरकारले गृहमन्त्री थापाको नेतृत्वमा डा.भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै विप्लव नेतृत्वको नेकपाले पनि विश्वकर्माको संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ता टोली बनाएको थियो । अर्को वार्ता कहिले हुने भन्नेबारे केही खुलाइएको छैन ।

    त्यस्तै हिजो मात्रै महासचिव विप्लवले ओली सरकारले वार्ता टोली गठन गरेको केहि घण्टामै एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न पार्टी सहमत भएको जानकारी गराएका थिए ।

    महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छ ।

    पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क.प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क.दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं ।’

    यसअघि दिउसो ओली सरकारले गृहमन्त्री राम बहादुर थापा वादलको नेतृत्वमा दुई सदस्सीय वार्ता टोली गठन गरेको घोषणा गरेको थियो । सरकारका प्रवक्ता पार्वत गुरूङले बिद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपासँग वार्ता गर्न समिति गठन गरेको बिज्ञप्ति मार्फत जानकारी दिएका थिए।

    सरकारी वार्ता समितिमा गृहमन्त्री बादल नेतृत्वको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् । यसअघि नेकपाका पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले नेकपासँग वार्ता गर्नेबारे सबै तिर चर्चा भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक नेकपासँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

    सरकारले नेकपासँग वार्ता गर्ने निर्णय गर्दै टोली नै बनाइसके पनि विद्रोही नेकपामाथि प्रतिबन्ध भने हटाएको छैन। यस्तै पार्टीका नेता कार्यकर्ता गिरफ्तार गर्न पनि रोकेको छैन । फागुन १६ गते नेकपाका सर्लाही–महोत्तरी इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमल शुसलिङ्गलाई गिरफ्तार गरेको थियो । ओली नेतृत्वको सरकारले २०७५ साल चैत्र २८ गते विद्रोहो नेकपामाथि राजनीतिक प्रतिबन्ध लगाएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ