• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    सरकारले वार्ता टोलि गठन गरेलगत्तै विप्लवको धारणा बाहिरियो, निकाले यस्तो बिज्ञप्ति

    11.6K
    SHARES

    काठमाडौँ । सरकारले वार्ता टोली गठन गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो धारणा  सार्बजनिक गरेका छन् । महासचिव विप्लवले  नेपाल सरकारसँग वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको बताएका छन् ।

    महासचिव विप्लवले ओली सरकारले वार्ता टोली गठन गरेको केहि घण्टामै एक प्रेस विज्ञप्ति जारी गर्दै  नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न पार्टी सहमत भएको जानकारी गराएका हुन् ।

    महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छ ।

    पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता क.प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य क.दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं ।’

    यसअघि दिउसो ओली सरकारले गृहमन्त्री राम बहादुर थापा वादलको नेतृत्वमा दुई सदस्सीय वार्ता टोली गठन गरेको घोषणा गरेको थियो । सरकारका प्रवक्ता पार्वत गुरूङले बिद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपासँग वार्ता गर्न समिति गठन गरेको बिज्ञप्ति मार्फत जानकारी दिएका थिए।

    सरकारी वार्ता समितिमा गृहमन्त्री बादल नेतृत्वको समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् । यसअघि नेकपाका पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले नेकपासँग वार्ता गर्नेबारे सबै तिर चर्चा भएको थियो ।

    यहि चर्चाकाबीच सरकारले मंगलवार वार्ता समिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक नेकपासँग वार्ता गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ