• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    भागरथी ह’त्या प्रकरणबारे बोले विप्लव, ओली सरकारलाई दिए यस्तो कडा चेतावनी, बिज्ञप्तिसहित

    9.3K
    SHARES

    काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीले भागरथी ह’त्या प्रकरणका दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न मागेको गरेको छ । पार्टी महासचिव विप्लवले बैतडी जिल्ला, दोगडाकेदार न.पा. ७ चडेपानी निवासी, सिर्काेटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागरथी भट्टको बला त्कार गरी ह’त्या भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएकोबताएका छन् ।

    साथै उक्त अमानवीय घटनाको तुरुन्त सत्य तथ्य छानविन गरी घटनामा संलग्न जो कसैलाई पनि कडा भन्दा कडा कारवाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

    महासचिव विप्लवले सोमबार प्रेस वक्तव्यमार्फत दुई वर्ष अघि भएको निर्मला हत्याकाण्डका अपराधीहरु पत्ता लगाई कारवाही गर्न सरकार र प्रहरी प्रशासन असफल भएकाले पनि पीडितहरु दिनानुदिन रोदन गर्नुपर्ने र अपराधीहरु निस्चिन्त र उन्मुक्त भई अपराध थप मौलाउने वातावरणका कारण यस्ता घटनाहरु दोहरिएकाले उक्त घटना पनि त्यहि प्रवृतिको निरन्तरता भएको हुनाले अनुसन्धानका लागि आवश्यक सहयोग र सबै पक्षसँग सहकार्यका लागि पार्टी तयार रहेको बताएका छन् ।

    महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘बैतडी जिल्ला, दोगडाकेदार न.पा. ७ चडेपानी निवासी, सिर्काेटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागिरथी भट्टको बला त्कार गरी ह त्या भएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । दुई वर्ष अघि भएको निर्मला ह’त्याकाण्डका अपराधीहरु पत्ता लगाई कारवाही गर्न सरकार र प्रहरी प्रशासन असफल भएकाले पनि पीडितहरु दिनानुदिन रोदन गर्नुपर्ने र अपराधीहरु निस्चिन्त र उन्मुक्त भई अपराध थप मौलाउने वातावरणका कारण यस्ता घटनाहरु दोहरिएका छन् । हालको यो घटना पनि त्यहि प्रवृतिको निरन्तरता हो ।’

    उनले अपराधको तथ्यपरक छानविन र अपराधीहरु उम्कन नपाउन भन्नका लागि सम्पूर्ण राजनीतिक–सामाजिक संघ–संस्था, सचेत नागरिक र आम जनसमुदायको जागरुकता र खबरदारीलाई निरन्तरता दिन विशेष अनुरोध गरेका हुन् ।

    विप्लवले वक्तव्यमा अगाडि भनेका छन्, ‘हाम्रो पार्टीले भागिरथी ह त्या काण्डलाई निकै गम्भीर रुपमा लिएको छ र हाम्रो पार्टी यस बर्बर र पाशविक जघन्य अपराधको घोर निन्दा र भत्सर्ना गर्दछ । हामी यस अमानवीय घटनाको तुरुन्त सत्य तथ्य छानविन गरी घटनामा संलग्न जो कसैलाई पनि कडा भन्दा कडा कारवाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौं । अनुसन्धानका लागि आवश्यक सहयोग र सबै पक्षसँग सहकार्यका लागि पार्टी तयार रहेको जानकारी गराउन चाहन्छौं । अपराधको तथ्यपरक छानविन र अपराधीहरु उम्कन नपाउन भन्नका लागि सम्पूर्ण राजनीतिक–सामाजिक संघ–संस्था, सचेत नागरिक र आम जनसमुदायको जागरुकता र खबरदारीलाई निरन्तरता दिन पनि विशेष अनुरोध गर्दछौं ।’

    सरकारले अनुसन्धान कार्यलाई गम्भीरतापूर्वक नलिई घटनाप्रति नजरन्दाज गर्न र विषयान्तर गर्न खोजेमा त्यस्तो कार्यलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र त्यस अवस्थामा पार्टीले आम जनसमुदायको सहयोगमा घटनाको छानविन गरी वास्तविकता सार्वजनिक गर्ने पहलकदमी लिनेसमेत उनले बताएका छन् ।

    महासविच विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘साथै यदि सरकारले अनुसन्धान कार्यलाई गम्भीरता पूर्वक नलिई घटनाप्रति नजरन्दाज गर्न र विषयान्तर गर्न खोजेमा त्यस्तो कार्यलाई कुनै पनि हालतमा स्वीकार गरिनेछैन र त्यस अवस्थामा हाम्रो पार्टी आम जनसमुदायको सहयोगमा घटनाको छानविन गरी वास्तविकता सार्वजनिक गर्न पहलकदमी लिई अघि बढ्ने विषयसमेत सबैमा जानकारी गराउन चाहन्छौं ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ