• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोकस

    ‘प्रकाश’मा प्रदीपको अपोजिटमा रेनु फाइनल

    5K
    SHARES


    काठमाडौं। निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’मा अभिनेता प्रदीप खड्कासँग धनगढीकी रेनु योगीले रोमान्स गर्ने भएकी छन्। फागुन दोस्रो साताबाट फ्लोरमा जाने फिल्मबाट रेनुको फिल्मी ‘डेब्यू’ हुनेछ ।

    निर्देशक राउतले फिल्मका लागि रेनुको प्रस्तुति र चरित्र मिल्ने भएकाले अडिसनमार्फत छनोट गरिएको बताए । नाट्यकर्मी तथा अभिनेता अनुप बरालले अडिसनमार्फत रेनुलाई कास्टिकङ गरेका हुन् ।

    ब्याचलर अध्ययन गरेकी रेनु थिएटर कलाकार हुन् । उनले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नाटक खेलेकी थिइन् । उनले हालसम्म १० वटा भन्दा बढी नाटक, सर्ट फिल्म र ‘एसिड काण्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छिन् ।

    जुम्लामा छायांकन गरिने फिल्मको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा महेन्द्र अधिकारीको लगानी र विकास सुवेदीको कथा हुनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया