• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    विप्लवको नाममा व्यापारीमाथि आक्रमण गर्ने भट्ट र कुँवरलाई कडा कारबाही गर्ने नेकपाको चेतावनी, हेर्नुहोस् बिज्ञप्तिसहित

    6.9K
    SHARES

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आर्थिक लाभको लागि केही अपराधिक समूहले आफ्नो पार्टीको नाम जोडेर काठमाडौँको मण्डिकाटारस्थित मनोहरराज घिमिरेको घरमा आक्रमण गरेको बताएको छ ।

    नेकपाका काठमाडौँ सेक्रेटरी पवनले आइतबार एक विज्ञप्ति जारी गरेर उक्त घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको र घटनाको अनुसन्धान गर्दा अशोक शर्मा भट्ट र गणेश कुँवरलगायतका केहि बय्क्तिको संलग्नता रहेको बताउँदै उनीहरुमाथि जनकारवाही गरिने चेतावनी दिएका छन्।

    सेक्रेटरी पवनले आफ्नो पार्टीलाई बदनाम गर्ने र आर्थिक लाभ उठाउने उद्देश्यले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन, राष्ट्रिय युवा संघा नेपालका गोरखा संयोजक भट्ट र जनता समाजवादीका कार्यकर्ता गणेश कुँवरको उक्त घटनामा संलग्नता रहेको बताइएको छ।

    ‘काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–९ मण्डिकाटारस्थित मनोहर राज घिमिरेको घरमा मिति २०७६।११।१६ गते करिब ४ बजेतिर हाम्रो जनप्रिय पार्टीको नाममा एक समुहले गरेको आक्रमणको घटनाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भई घटनाको सुक्ष्म छानबिनमा पार्टी केन्द्रित भएको थियो । उक्त घटनामा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता नरहेको प्रष्ट पार्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ।

    यस्तै बिज्ञप्तिमा अगाडी भनिएको छ- ‘आर्थिक लाभको लागि र क्रान्तिकारी पार्टीको बदनाम गर्ने उद्देश्यमा आधारित उक्त अपराधिक घटनामा संसदवादी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन ‘राष्ट्रिय युवा संघ नेपाल’का गोरखा संयोजक अशोक शर्मा भट्ट र राष्ट्रिय जनता पार्टीमा आवद्ध गुल्मी घर भएका गणेश कुँवरसहित अपराधिक कार्यमा संलग्न हुँदै आएका केही व्यक्तिहरुको संलग्नता रहेको पार्टी अनुसन्धानबाट पुष्टि भएको छ।’

    उनले सहिदको नाम पनि जोडेर पार्टी र एकीकृत जनक्रान्तिलाई बदनामन गर्ने उद्देश्यले उक्त घटना घटाइएको भन्दै घोर भत्सर्ना एवं निन्दा समेत गरेका छन् । सेक्रेटरी पवनले उक्त उघटनालाई अपराधिक भन्दै पर्दा पछाडि केही व्यवसायी समेत जोडिएको र उनीहरुमाथि पार्टीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।

    उनले घिमिरेमाथि भएको उक्त अपराधिक घटनामा जोडिएका भट्ट, कुँवर र पर्दा पछाडि बसेका व्यक्तिहरुलाई पार्टी समक्ष क्षामायाचना नगरे जनकारवाही गर्ने चेतावनी समेत दिएका छन्।

    ‘घटनामा जोडिएका भट्ट, कुँवर र पर्दा पछाडिको भुमिकामा रहेका राजनैतिक र ब्यवसायिक आवरणका व्यक्तिहरुलाई समेत यथाशीघ्र पार्टी समक्ष आएर आफ्नो गल्ती कमजोरी स्वीकार्दै क्षमायाचना गर्न पार्टी कडा निर्देशनात्मक चेतावनी दिन चाहन्छ । अन्यथा पार्टी र क्रान्तिविरुद्ध यस प्रकारको गम्भीर अपराधजन्य हर्कतमा संलग्नहरुलाइ कडा कारवाही गर्न पार्टी बाध्य हुने कुरा पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ।

    त्यस्तै, पार्टीको नाम जोडेर गरिएको उक्त घटनाबाट घिमिरेको घर र गाडीमा क्षति पुगेको भन्दै सेक्रेटरी पवनले पार्टीका तर्फबाट दुःख समेत व्यक्त गरेका छन् । आर्थिक लाभ उठाउने र पार्टीलाई बदनाम गर्ने उद्देश्यले काठमाडौँमा यस्ता अपराधिक घटना भइरहेको सूचना पार्टीमा आएको बताउँदै उनीहरुलाई नछोड्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । सेक्रेटरी पवनले यस्ता अपराधिक व्यक्ति, समूहसँग सचेत रहन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्दै यस्ता घटना भए पार्टीलाई तत्काल जानकारी गराउन समेत अपील गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ