• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    स्वाधीन राजनीतिक दल र स्वाधीन राजनीति

    50K
    SHARES

    नेपाली राजनीतिमा केही वर्षयता अस्वाभाविक गतिविधि देखिन थालेका छन् । सच्चा देशभक्त, क्रान्तिकारी र गणतन्त्रवादीहरूलाई प्रतिबन्ध, दमन, हतकडी र गोली बसाइँदै छ । नक्कली गणतन्त्रवादीहरूलाई ब्रह्मलुटन्त्रात्मक सत्ताको बम्पर सुम्पिइएको छ । यथास्थितिवादी तथा पुनत्थानवादीहरूलाई सडकमा जनताको महान् बलिदानबाट जन्मिएको गणतन्त्रका विरुद्ध मैमत्त उफ्रिन छुट दिइएको छ ।

    आज इतिहासको पाङ्ग्रोलाई स्वाभाविक अग्रगतिका विरुद्ध ज-जसले पछि धकेल्ने धृष्टता गरिरहेका छन्, तिनले राष्ट्रका महान् क्रान्तिकारी र देशभक्त योद्धाहरूको अपमान गरिरहेका छन् । सडकमा निर्लज्ज दक्षिणपन्थीहरूको बेमौसमी चौपल नचाउने काम प्रधानमन्त्री केपी ओलीको योजना र निर्देशनमा भइरहेको बताइन्छ । यतिबेला नेपालका राजनीतिक दलहरू कति स्वाधीन छन् र उनीहरूले कति स्वाधीन राजनीति गरिरहेका छन् भन्ने गम्भीर प्रश्न खडा भएको छ । यो स्वाधीन राष्ट्रका निमित्त सङ्घर्षरत अग्रगामी शक्तिका लागि गम्भीर चिन्ताको विषय हो ।

    सैद्धान्तिक, वैचारिक र दार्शनिक हिसाबले राजनीति दुई किसिमका हुन्छन्, कम्युनिस्ट राजनीति र बुर्जवा राजनीति । अर्थात् यसौ भनौँ, कुनै पनि देशमा उत्पीडित तथा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी अर्थात् वैज्ञानिक समाजवादी र बुर्जवा वा पुँजीवादी-साम्राज्यवादीहरूको प्रतिनिधित्व गर्ने पुँजीवादी पार्टीहरू हुन्छन् । यिनका वर्गीय पक्षधरता र सेवाको क्षेत्र पनि अलग-अलग र आ-आफ्नै हुन्छ । यिनका चरित्र, चिन्तन र सांस्कृतिक मूल्य पनि आ-आफ्नै हुन्छन् । खासमा भन्ने हो भने विश्वमा बलिदानको महागाथा कोर्ने, नयाँ विश्वको मञ्जिल खडा गर्ने, मानव समुदायलाई नयाँ मानवको शिखरमा उठाउने पनि कम्युनिस्ट नै हुन् । साथै, विश्वमा अलि बढी भ्रम छर्ने पनि कम्युनिस्ट नै बनेका छन् । नेपालको सन्दर्भमा पनि कुरा यही हो । त्यसैले हामीले यहाँ कम्युनिस्ट राजनीति र राजनीतिक दलको स्वत्व, निजत्व र अपनत्वका सन्दर्भमा अलि बढ्दा चर्चा गर्न चाहेका हौँ ।

    नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको दिन आज पनि विवादमै छ । संस्थापक महिला सदस्य मोतीदेवीलाई अझै पनि संस्थापक मान्न राजनीतिक दलहरू र तिनका नेता तयार देखिँदैनन् । नेपालमा निकै लामो समयसम्म कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले ‘गद्दार’ को आरोप खेप्नुपर्‍यो । यसले सुरुदेखि नै नेपालको कम्युनिस्ट पार्टीको चिन्तनधारासहित बनोट र बुनोटमा गम्भीर समस्या रहेको देखाउँछ । रूपमा जेजे भए पनि, जसले जेजे भने पनि सारतः नेपालका अधिकांश पार्टीहरूमा वणर्ाश्रममा आधारित सङ्गठनसम्बन्धी समस्या मूलभूत रूपमा एउटै देखिन्छ । झन् संसदीय धारका पार्टीहरूका समस्या त सोलोडोलो रूपमा उही र उस्तै देखिन्छ ।

    सङ्गठनको सन्दर्भमा भीआई लेनिनले भन्नुभएको थियो, “हामीलाई एउटा क्रान्तिकारी सङ्गठन देऊ, हामी रुसलाई पल्टाइदिन्छौँ ।” लेनिनको यो भनाइमा असामान्य रणनीति र सार्वभौम अर्थ अन्तर्निहित छ । कम्युनिस्ट-सर्वहारा वर्गको सर्वोच्च राजनीतिक संस्था कम्युनिस्ट पार्टी हो । माक्र्स र एङ्गेल्सले सर्वहारा वर्ग र श्रमिक जनसमुदायको मुक्तिकामी सङ्घर्षको बाटोलाई आलोकित गर्नुभयो । उहाँहरूले महत्वपूणर् रणनीतिक कुरा के पनि गर्नुभएको छ भने सर्वहारा वर्गको मुक्तिको लागि त्यसको आफ्नो स्वाधीन पार्टीको ठूलो आवश्यकता पर्दछ । माक्र्स-एङ्गेल्सको यो मर्मलाई नेपालका राजनीतिक दलहरूले आत्मसात् गरिरहेका छैनन् । नेपालमा कथित समाजवादको ब्यानरमा दलाल पुँजीवादी भोजभतेर भइरहनु स्वाधीन पार्टी नहुनु हो ।

    माक्र्स र एङ्गेल्सका विचारलाई समृद्ध गर्दै लेनिनले नयाँ खालको पार्टी अर्थात् बोल्सेबिक पार्टी अघि बढाउनुभयो, जसले महान् अक्टोबर क्रान्ति सम्पन्न गर्‍यो । यसले विश्वलाई नयाँ क्षितिजको दृष्टिगोचर गरायो । आज पनि बोल्सेभिक पार्टी अर्थात् बोल्सेबिक स्पिरिट भन्नेबित्तिकै छुट्टै किसिमको क्रान्तिकारी झनझनाहट पैदा गर्दछ । आज हामीलाई यस्तै झनझनाहट कम्युनिस्ट पार्टी चाहिएको छ । आज विश्वभर कम्युनिस्ट पार्टी निर्माणको सन्दर्भमा बोल्सेबिक स्पिरिटको सन्दर्भ आइहाल्छ । कम्युनिस्ट पार्टीका प्रत्येक सदस्यहरूको जिब्रोमा जनवादी केन्द्रीयता झुन्डिएकै हुन्छ । कम्युनिस्ट भनेको यस्तो जीवतत्व हो, जसमा समाजवादी भविष्यद्वारा ओतप्रोत हुन्छ ।

    कम्युनिस्ट भनेको यस्तो विशेष धातुले बनेका मान्छे हुन्, जो नयाँ सामाजिक व्यवस्थाको निर्माणार्थ सम्पूणर् रूपले होमिएका र उत्पीडित तथा श्रमजीवी जनतासित अभिन्न रूपले गाँसिएका हुन्छन् । यथार्थतः कम्युनिस्ट पार्टी मात्र स्वाधीन राजनीतिक दल हुन सक्तछ । उसले मात्र स्वाधीन राजनीति गर्न सक्तछ । कम्युनिस्टले मात्र देश र जनतालाई बरालिएको राजनीति र चुनावी षड्यन्त्रकारी र भमपूणर् धरापबाट मुक्त गर्न सक्तछ । कम्युनिस्टले मात्र स्वाधीनताको लडाइँको नेतृत्व गर्न सक्तछ । कम्युनिस्टले मात्र देश र जनतालाई स्वाधीन बनाउन सक्तछ ।

    कम्युनिस्ट पार्टीको काँधमा ठूलो अभिभारा रहेको छ । वर्गहीन कम्युनिस्ट समाजको स्थापना गर्न उत्पीडित तथा श्रमजीवी जनताको सङ्घर्षमा कम्युनिस्ट पार्टीले अगुवाको भूमिका खेल्नुपर्दछ । कम्युनिस्ट पार्टी भनेको क्रान्तिकारी विचार र सिद्धान्तको निर्देशनमा चल्नेका जनताको राजनीतिक संस्था हो । दलालहरूको मूल नेतृत्व र तिनले थोपरिरहेको अन्यायी सत्ताको तख्ता पल्टाउने विषय महत्वपूर्ण छ । लेनिनले एक सन्दर्भमा भन्नुभएको छ, “सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारासित सङ्गठनसिवाय अर्को कुनै हतियार छैन ।

    पुँजीवादी जगत्मा अराजक होडबाजीको शासनबाट छिन्नभिन्न रहेको, पुँजीका निमित्त बाध्य भएर गरिने मिहिनेतबाट थिचिएको बेहद अभाव, बर्बरता, पतनको गहिरो खाल्डोमा जाकिएको सर्वहारा वर्ग तब मात्र एउटा अजेय शक्ति बन्न सक्तछ र अनिवार्य रूपमा बन्नेछ, जब माक्र्सवादका सिद्धान्तहरूको आधारमा हुने त्यसको विचारधारात्मक एकतालाई सङ्गठनको भौतिक एकताद्वारा दरिलो बनाइनेछ । यस सङ्गठनले लाखौँलाख श्रमिकहरूलाई मजदुर सेनामा एकगठ पार्नेछ । यस सेनाको सामु न रसियाली जारशाहीको थोत्रिसकेको शासन टिक्न सक्छ, न अन्तर्राष्ट्रिय पुँजीको जीर्ण शासन नै टिक्न सक्तछ ।”

    कम्युनिस्ट पार्टी कम्युनिस्ट-सर्वहारा वर्गको सबभन्दा अगुवा र राजनीतिक दृष्टिले सबभन्दा सचेत दस्ता हो । यसले क्रान्तिकारी-सर्वहारा क्रान्तिलाई दिशानिर्देश र त्यसको सफलतापूर्वक नेतृत्व गर्दछ । कम्युनिस्ट राजनीतिमा अगम्य तागत हुन्छ । यो कुरा पनि सही हो कि राजनीतिमा अनेक कोणबाट विचारहीन, सिद्धान्तहीन र नैतिकहीन हमला भइरहेका हुन्छन्, जसरी ओली सरकारले कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि हमला गरिरहेको छ । क्रान्तिकारी जनता, क्रान्तिकारी पार्टीले मात्र क्रान्तिकारी पहलकदमीपूणर् लालझन्डालाई विजयको शिखरमा फराउन सक्तछ । यो महान् कार्यभार यसै र यत्तिकै पूरा हुँदैन ।

    यसको निम्ति कम्युनिस्ट पार्टीमा असल मान्छेहरूको केन्द्रीकरण हुनैपर्दछ । जस्तो पायो त्यस्तो मान्छे भेला पारेर सही कम्युनिस्ट पार्टी बन्दैन । कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी वर्गको सच्चा र अग्रणी संस्था बनाउन अधिकतम राम्रा प्रतिनिधिहरू सामेल हुनैपर्दछ । लेनिनले भन्नुभएझैँ त्यस्तो व्यक्ति मात्र कम्युनिस्ट पार्टीको सदस्य बन्न लायक हुन्छ, जसले कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा र त्यसको फैसलाहरूलाई निर्देशन मानेर जीवन-व्यवहारमा उतार्न अधिकतम प्रयत्न गर्दछ । पार्टीबाट गरिने कामको लागि प्रत्येक सदस्यले जिम्मेवारीबोध गर्नुपर्दछ, प्रत्येक सदस्यले जे-जस्तो काम गर्दछ, पार्टीले त्यसको जिम्मेवारी लिनुपर्दछ । नेपालमा काम राम्रो बने नेताको र काम बिग्रिए कार्यकर्ता हुने जुन प्रचलन बढ्दै गएको छ, यो कम्युनिस्ट आचरण अनुकूलको कुरा होइन ।

    लेनिनले कम्युनिस्ट पार्टीले सदस्यको गुणात्मकतामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको छ । पदलोलुपतावादी, सरकारी दानापानीवाला र छलीहरू जम्मा पारेर स्वाधीन पार्टी र स्वाधीन राजनीति बन्नै सक्तैन । स्वाधीन राजनीति बनाउनका सदस्यहरू पनि स्वाधीन हुन अपरिहार्य छ । जसका विरुद्ध सङ्घर्ष गर्नुपर्ने हो, तिनकै प्रतिनिधि राखेर कुनै पनि राजनीतिक उद्देश्य पूरा हुँदैन । नेपालका राजनीतिक दलमा यो गम्भीर समस्याका रूपमा देखा परेको छ । त्यसैले, कम्युनिस्ट पार्टीले क्रान्तिकारी सर्वोत्तम तत्वहरूलाई आफूमा समाविष्ट गर्नुपर्दछ । उच्च चरित्रयुक्त कम्युनिस्ट पार्टी निर्माण गर्न सदस्यहरू पनि चरित्रवान हुन आवश्यक हुन्छ । पार्टीको राजनीतिक गतिविधि, त्यसको कार्यनीतिक-रणनीतिक एवम् त्यसको नेतृत्वका आधारमा त्यो पार्टीको चित्रण निर्धारण हुन्छ । कम्युनिस्ट इन्टरनेसनलको दोस्रो महाधिवेशनमा लेनिनले भन्नुभएको थियो, “कुनै पार्टी साँच्चिकै मजदुरहरूको राजनीतिक पार्टी हो कि होइन भन्ने कुरा मजदुरहरूको सदस्यतामा मात्र भर पर्दैन, बरु सो कुरा त्यसको नेतृत्व गर्ने मानिसहरू र त्यसका कारबाही र त्यसका राजनीतिक कार्यनीतिको सारतत्वमा पनि भर पर्छ । यसले मात्र हाम्रो सामु साँच्चिको सर्वहारा वर्गको पार्टी छ कि छैन भन्ने कुरालाई निर्धारित गर्छ ।”

    डबल नेकपाको अन्तर्विरोधमा इन्डो-सिआईए र चीन आमने-सामने देखिएका छन् । केपी ओलीद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार पारिएको नयाँ नक्सा नछाप्न दिएको उर्दी, उनले क्याबिनेटबाटै निणर्य गरेर तीनवर्ष थप गर्दै भारतीय दुतावासलाई पाँच करोडसम्म सिधै वितरण गर्न दिएको अनुमति, कुनै पनि हालतमा एमसीसी पास गरिछाड्ने जिद्दीले एवम् काठमाडौं-रक्सौल विद्युतीय रेलमार्गको डीपीआर निर्माण गर्ने जिम्मेवारी भारतीय कोङ्कर्ण रेल्वे कर्पोरेसनलाई सुम्पने ओली सरकारको पछिल्लो राष्ट्रघाती निणर्य उनी र उनले पार्टी कति स्वाधीन रहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ ।

    ओलीलाई पहिलो कार्यकालमा किन र कसरी राष्ट्रवादीको पगरी गुथाइयो भन्ने क्रमशः खुल्दै छ । भारतीय गुप्तचर संस्थाका प्रमुखसितको अपारदर्शी भेटघाटले केपी ओलीको राजनीतिक स्वत्वमाथि गम्भीर प्रश्न जन्माइदिएको छ । देश र जनताका लागि बिल्कुल असान्दर्भिक बन्दै गएका केपी ओलीलाई केही राजनीतिक दलका नेताले काँध हाल्नु तिनै शक्तिकेन्द्रको निर्देशन हो । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य नै प्रकाशित गरेर केपी ओलीलाई काँध हाल्दै वक्तव्यबाजी गरेर ओली सरकार ढले नेपालको सर्वस्व गुम्ने धारणा अघि सार्नुभएको थियो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको आशय पनि उही शिराबाट आइरहेको छ । यो ती राजनीतिक दल स्वाधीन नहुनुको प्रतिफल हो । उहाँहरू आफैँ स्वाधीन नभएपछि उहाँहरूको पार्टी-राजनीति कसरी स्वाधीन हुनू र !

    डा.बाबुराम भट्टराईको हातबाट पहिलो संविधानसभा र जनमुक्ति सेनाको विघटन असामान्य परिघटना हो । उहाँको नयाँ शक्ति हुँदै जसपाको नेता बन्ने प्रक्रिया पनि सामान्य विषय हुनै सक्तैन । नेपालमा राजनीतिक दलहरूले उटपट्याङ कुरा गरेर जनतामा भ्रम छरिरहेका हुन्छन् । यसो गरिनुको पछाडि उनीहरू स्वाधीन नबन्नुको कारण हो । डबल नेकपा उनीहरूको बुद्धि र क्षमताले आजको ठाउँमा देखिएको होइन ! वस्तुतः संसदीय धारका नेपालका अधिकांश पार्टीको टुटफुट वा जुटमा कतै न कतै शक्तिकेन्द्रको रुची मिसिएकै आभास हुन्छ । उनीहरूको पतनमुखी प्रतिस्पर्धा त्यसैको प्रतिबम्बन हो । डबल नेकपाको निर्माण, अन्तर्विरोध र छिनाझम्टी कम्युनिस्ट आन्दोलनका लागि एउटा महत्वपूणर् शिक्षा हो । बिग्रन पनि कहाँ सजिलो छ र, पतनशीलहरूका लागि पनि पूर्वाद्र्धका विचार, दर्शन र सिद्धान्तको छाता ओढ्नैपर्ने हुन्छ । अहिले डबल नेकपामा देखिएको यही त हो ।

    माक्र्सले भन्नुभएको थियो, डाउट एभ्रिथिङ अर्थात् सबै चीजमाथि सन्देह गर । यसको अर्थ हामीले सबै कुरामा शङ्का गर्नुपर्दछ तर शङ्कावादमा फस्नुहुँदैन भन्ने हो । समकालीन नेपाली मनोविज्ञान कि देवत्वकरण, कि त राक्षसीकरणतर्फ उद्यत हुँदै छ । समाजमा भौतिकवादी जीवनदृष्टि गौण बन्दै गएको छ । नक्कली राजनीति र तिनका व्यवहारका कारण सक्कली राजनीतिमाथि शङ्का-उपशङ्का पैदा हुँदै छ । आदर्शहरूको अकल्पनीय अश्लीलीकरण एवम् बिम्बहरूको भयानक विद्रूपीकरणको यो मौसममा नेपाली राजनीतिमा साम्राज्यवादीहरू हर्ताकर्ता बन्दै छन् । राजनीतिमा प्रभाव रहनु र उसकै कठपुतली बन्नु अलग-अलग कुरा हो ।

    पञ्चायतकालमा काङ्ग्रेसीहरूले नारा चर्काउँथे- कम्युनिस्ट दरबारमा, काङ्ग्रेस जेलमा । कसैलाई गाली गर्नुपर्‍यो भने ‘तेरो घरमा काङ्ग्रेस पसोस्’ भन्ने आहान सबैलाई थाहा नै छ ! नेपालको कम्युनिस्ट आन्दोलनमा केशरजङ्ग रायमाझी नकारात्मक बिम्ब हुन् । आजभोलि केही काङ्ग्रेस र अझ बढी खरानी घसिएका कम्युनिस्ट नेताहरू ठुलै स्वरमा ‘उस्तै परे ज्ञानेन्द्र ल्याइन्छ’ भन्दै छन् । आवरणमा राजनीतिक दलका सदस्यजस्ता देखिए पनि सारतः तिनीहरू पुरानो सत्ताका विभिन्न तहका प्रतिनिधि हुन् । नेपाली राजनीतिमा ‘दरबारको टाट्नामा घाँस खाएको’ आहानै छ । नेपालको कम्युनिस्ट राजनीतिमा सबैभन्दा बढी खतरानाक कम्युनिस्ट भनिनेहरू नै सावित हुँदै छन् ।

    राजनीतिमा राजनीतिक स्वामित्व धेरै महत्वपूणर् कुरा हो । जुन वर्गले लडेर राजनीतिक परिवर्तन गर्दछन्, सत्तामा तिनै वर्गको अग्राधिकार झन् महत्वपूणर् कुरा हो । तर नेपालमा जति पनि राजनीतिक परिवर्तन भएका छन्, तिनमा सङ्घर्षरत पक्षको राजनीतिक स्वामित्व कायम हुनै सकेन । सत्तामा उनीहरूको अग्राधिकार पनि कायम भएन । जहिले पनि परिवर्तनविरोधीहरू नै सत्तामा रहिरहने अवस्था रह्यो । नेपालका मूलतः संसदीय धारका राजनीतिक दलहरू स्वाधीन देखिएनन् । उनीहरूको राजनीति स्वाधीन रहेन । यिनीहरूको तुलनामा वैज्ञानिक समाजवादी धारका कम्युनिस्ट राजनीतिक दल कता हो कता स्वाधीन छन् । तिनको कम्युनिस्ट राजनीति स्वाधीन छ । त्यसैले, कम्युनिस्टहरूको विजय सुनिश्चित रहेको छ । वैज्ञानिक समाजवादी व्यवस्था निर्विकल्प र अपरिहार्य बन्दै गएको छ ।

    प्रतिक्रिया