• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लवको विज्ञप्ति, अपहरणको विषयमा आएको भ्रामक समचारको खण्डन

    15K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ‘नेपाली सेनाका जनाव अपहरण’ मा परेको भन्दै बाहिरिएको समाचार भ्रामक भएको भन्दै खण्डन गरेको छ ।

    उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै अन्नपूर्ण पोष्ट अनलाइनमा “विप्लवको अपहरणमा सैनिक जवान, एक महिनासम्म गुपचुप” शिर्षकमा प्रकाशित समाचार कपोलकल्पित र भ्रामक भएको दावी गरेका छन् ।

    साथै दुरासयपूर्ण तरिकाले आफ्नो पार्टी र सुरक्षा निकायका बीचमा भ्रम सिर्जना गरी दमन गर्न उक्साउने नियतले प्रायोजनप्रति समाचार सम्प्रेषण गरिएको महासचिव विप्लवले बताएका छन् ।

    मुख्य कुरा आफ्नो पार्टीको सुरक्षा निकाय वा व्यक्तिलाई अपहरण गर्ने कुनै नीति र योजना नभएको प्रष्ट पार्दै उनले उक्त समाचारमा भनिएको जस्तो जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपाली काँग्रेसका वीरबहादुर शाही नभएर तत्कालिन एमालेका रामबहादुर नेपाली रहेको र उनका ८ वर्षीय नावालक छोरा  रहेकाे बताएका छन् ।

    ‘समाचार पूर्णरुपले कपोलकल्पित, भ्रामक र हाम्रो पार्टी र हामीले सञ्चालन गरेको जनताको संघर्षद्वारा अत्तालिएको यो फासीवादी सत्ताको षड्यन्त्र बाहेक अरु केही नरहेको स्पष्ट पार्न चाहान्छौं । पहिलो कुरा त उक्त समाचारमा भनिएको जस्तो जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपाली काँग्रेसका वीरबहादुर शाही नभएर तत्कालिन एमालेका रामबहादुर नेपाली छन् । उनका ८ वर्षीय नावालक छोरा छन् । दोस्रो र मुख्य कुरा हाम्रो पार्टीको सुरक्षा निकाय वा व्यक्तिलाई अपहरण गर्ने कुनै नीति र योजना नै छैन ।’ विज्ञप्तिमा भनिएको छ ।

    यसरी सरासर झुठ र कपोलकल्पित समाचार एउटा राष्ट्रिय स्तरमा स्थापित सञ्चार माध्यममा आउनु आफैमा दुखतः, दुरासयपूर्ण रहनेकाे भन्दै उनले आफ्नो पार्टी र सुरक्षा निकायका बीचमा भ्रम सिर्जना गरी दमन गर्न उक्साउने नियतले प्रायोजन गरिएको दावी गरेका छन् ।

    साथै यस्ता गतल, तथ्यहिन र भ्रमपूर्ण समाचारमा विश्वास नगर्न/नछाप्नसमेत विप्लवले विज्ञप्तिमार्फत सम्बन्धित सबैमा हार्दिक अपील गरेका छन् ।

    यसैबीच नेकपाले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीले गोली हानी हत्या गरेको भन्दै भोली नेपाल बन्द आव्हान गरेको छ । बन्दको पुर्वसन्ध्यामा काठमाडौंमा २ वटा शक्तिशाली बम बिस्फोट भएका छन् । सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरेको मृत्यु भएको थियो ।

    बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । मृतकहरुको सनाखत भएको छैन । घाइतेहरुको ट्राम सेन्टर र ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

    प्रतिक्रिया