• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पत्रकारहरुको आन्दोलनमा विप्लवको साथ, समर्थनमा निकाले यस्तो विज्ञप्ति

    11.3K
    SHARES



    काठमाडौं । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक बिरुद्ध नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले समर्थन गरेका छन् । सरकारले ल्याउन लागेको बिधयकको विरोध गर्दै विप्लवले विज्ञप्ति जारी गरेर पत्रकारहरुको आन्दोलनमा एक्येवद्धता जनाएका हुन् ।

    मंगलबार विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा नेपाली मिडियाले सबै खाले परिवर्तनमा महत्वपूर्ण योगदान गरेको भन्दै उक्त विधेयकले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने भाकाले पत्रकारहरुलाई आन्दोलनमा उत्रिन अपील समेत गरेका छन् । पत्रकारले सरकारका गलत कार्यको विरुद्ध लेख्न थालेपछि उक्त विधेयक ल्याएको विप्लवले विज्ञप्ति मार्फत बताएका छन् ।

    “नेपालको प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने गरी अहिलेको सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई लिएर हाम्रो पार्टी आफ्नो धारणा स्पष्ट गर्न चाहन्छ । नेपालका सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहँदै आएको छ । जनताको रगत–पसिना र संघर्षद्वारा प्राप्त सीमित अधिकारहरू पनि अहिलेको केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको छ । सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालोबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रिकाहरूले लेख्न थालेपछि केपी-पीके सरकारले सञ्चारमाध्यमहरूलाई नियन्त्रण गर्नका लागि विभिन्न कानुन र ऐनको सिर्जना गर्दै गएको छ।” विज्ञप्तिमा भनिएको छ ।

    समाचार लेखेकै कारण सरकारले पत्रकारलाई साइबर अपराधमा गिरफ्तार गरेर यातना दिने लगायतका दमनकारी हर्कत गरेको भन्दै विप्लवले यस्ता फासिवादी कदमको विरोध समेत गरेका छन् ।

    सरकारले संसदमा दर्ता गराएको विधेयक पारित भएमा सरकारविरुद्ध लेख्ने पत्रकारलाई एक करोडसम्म जरिवानाको साथै जेल जान सक्ने भन्दै त्यसविरुद्ध आफ्नो पार्टीसहित पाँच पार्टीले संयुक्त रुपमा संघर्षको घोषणा गरिसकेको जानकारी दिएका छन् ।

    “सरकारविरोधी समाचार लेखेको नाममा प्रहरीले गिरफ्तार गर्ने र हिरासतमा राखेर मानशिक यातना दिने गरेको छ । यो विधेयक पारित भएमा सरकारका विरुद्ध लेख्ने पत्रकारलाई नगद एक करोडसम्म र जेल सजाय दिनसक्ने प्रावधान राखिएकाले पनि सञ्चार क्षेत्र त्रसित हुनु स्वाभाविक हो ।” बिज्ञप्तिमा भनिएको छ ।

    त्यस्तै बिज्ञप्तिमा अगाडी भनिएको छ- “आफूलाई लोकतन्त्र र प्रेस स्वतन्त्रताको वकालत गरेर नथाक्ने केपी सरकारको यस्तो रबैयाका विरुद्ध हामीसहित चार पार्टीहरूले सङ्घर्षको घोषणा गरिसकेका छौँ । त्यही क्रममा पछिल्लो समयमा स्वतन्त्र पत्रकारितामाथि सरकारको ठाडो नियन्त्रणमा राख्ने गरी ल्याइएको यो विधेयकको हाम्रो पार्टी पूर्ण खारेजीको माग गर्नुका साथै अहिले उक्त विधेयकका विरुद्ध राजनीतिक पार्टीहरू, पत्रकार महासंघसहितले गरेको आन्दोलनप्रति पूर्ण समर्थन गर्नुका साथै ऐक्यबद्धता व्यक्त गर्दछ । साथै सम्बन्धित पक्षलाई आन्दोलनमा उत्रिन पनि आग्रह गर्दछ ।”

    प्रतिक्रिया