• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हेलिकोप्टर दुर्घटना अपडेट: मृत्यु हुने भारतीय, घाइते न्युजिल्यान्डका नागरिक

    293
    SHARES



    काठमाडौं । सोलुखुम्बुको गोरक्षेपबाट फेरिचेतर्फ उडान गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुने भारतीय नागरिक हुन् भने घाइते न्युजिल्यान्डका नागरिक रहेको खुलेको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनामा भारतीय नागरिक वसन्त कुमारको मृत्यु भएको हो। त्यस्तै, न्युजिल्यान्डका नागरिक शैलेश किशन गम्भीर घाइते भएका छन्।

    प्राधिकरणका अनुसार दुवै जना फिस्टेल एयरको ९एन-एजेआर कलसाइन भएको हेलिकोप्टरमा सवार थिए। क्याप्टेन रवीन्द्र प्रजापतिले उडाइरहेको उक्त हेलिकोप्टरमा चालक दलका सदस्यसहित तीन जना रहेका थिए।

    गोरक्षेपबाट फेरिचेतर्फ उडान भर्ने क्रममा फिस्टेल एयरको हेलिकोप्टर एयर डाइनेस्टीको अर्को हेलिकोप्टरसँग ठोक्किएको थियो।

    दुर्घटनामा संलग्न एयर डाइनेस्टीको हेलिकोप्टरको कलसाइन ९एन-एओडी रहेको प्राधिकरणले जनाएको छ। क्याप्टेन प्रज्वल केसीले सञ्चालन गरिरहेको उक्त हेलिकोप्टरमा ३०० केजी कार्गो रहेको थियो। लुक्लाबाट फेरिचे हुँदै कालापत्थरतर्फ उडान गरिरहेको उक्त हेलिकोप्टरमा भने कुनै यात्रु सवार थिएनन्।

    दुर्घटनापछि घाइते न्युजिल्यान्डका नागरिक किशनको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनाको कारण पत्ता लगाउन प्राधिकरणले प्राविधिक अनुसन्धान अघि बढाएको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ