• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ६ जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणको आग्रह

    465
    SHARES



    काठमाडौँ । बूढीगण्डकीमा भीषण बाढी आएपछि ६ वटा जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै बूढीगण्डकीमा बाढीपछि आरूघाट स्टेसनमा जलसतह खतराको तह भन्दा धेरै बढी भएको र तल्लो तटीय क्षेत्रसम्म सतर्क रहन अनुरोध गरेको हो।

    प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबलाई सतर्क हुन अनुरोध गरेको छ।

    आरूघाटमा बिहान पौने १० बजे बूढीगण्डकीको जलसतह ८.४३ मिटर पुगेको छ। यसको सतर्कता तह ४.५ मिटर र खतराको तह ५ मिटर तोकिएको छ।

    बूढीगण्डकी नदी सिउरेनीटारमा त्रिशूली नदीमा मिसिन्छ। त्यसकारण त्रिशूलीदेखि नारायणी नदी तटीय क्षेत्रसम्म सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ