• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पिन्थलीमा लेदो हटाइएपछि बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

    144
    SHARES



    काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

    लेदोसहितको पहिरोका कारण रातिदेखि अवरुद्ध भएको सडकमा पहिरो तथा लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो।

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन तथा सम्बन्धित निकायले यात्रा गर्नुअघि स्थानीय प्रहरी, प्रहरी सञ्चारको १०० नम्बर वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ