• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अपरान्ह ४ बजेसम्म पृथ्वी राजमार्गअन्तर्गत गलौदी सडक सञ्चालनमा ल्याउने तयारी

    404
    SHARES



    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी गाउँपालिका–५ गलौदी सडकखण्ड शनिबार अपराह्नपछि सञ्‍चालनमा आउने सम्भावना देखिएको छ ।

    त्रिशूली नदीको कटानमा परी भाँसिएको सडक अवस्था सामान्य रहे अपरान्हदेखि सुचारु हुने सडक विभागले जनाएको छ ।

    ‘स्थानीय निकायसँग छलफल भई ‘ब्याक कटिङ’को कार्य सुरु गरिएको छ,’ सडक विभागले सामाजिक सञ्जाल फेसकुबमार्फत सूचना जारी गर्दै भनेको छ, ‘सम्पूर्ण अवस्था सामान्य रहे करिब ८ घन्टा (अपरान्ह ४ बजे) मा यातायात सुचारू हुनेछ ।’

    सूचनामा यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काममा सुरू गर्न नसकिएको पनि उल्लेख छ । पृथ्वी राजमार्गको गलौदी (गजुरी नजिक काठमाडौंतर्फ) मा सडक भासिएकोले पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ