• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कहाँको अवस्था के छ ?

    298
    SHARES



    काठमाडौँ। बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका केही प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ।

    नेपाल प्रहरीका अनुसार बागमती प्रदेशको रसुवा जिल्लामा असोज १० गते बिहान १०:३० बजे आएको बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अर्को सूचना नभएसम्मका लागि उक्त सडक खण्ड बन्द रहने बताइएको छ।

    यसैगरी गण्डकी प्रदेशको म्याग्दी स्थित बेनि-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-२, बैसरीमा असोज १० गते बिहान ०५:५० बजे पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प छ।

    त्यस्तै नवलपरासी (पूर्व) को कालीगण्डकी कोरिडोर अन्तर्गत बौदिकाली गाउँपालिका-३, जन्ती पहिरोमा असोज १४ गते दिउँसो १६:४५ बजे पहिरो खसेको थियो। हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइए पनि साना सवारी मात्र चल्न सक्ने र ठूला गाडीहरू जान नसक्ने प्रहरीले जनाएको छ।

    अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास जारी रहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न प्रहरीले अनुरोध गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ