• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेसको १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता राष्ट्रिय सभागृहमा

    228
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारले आगामी सोमबार मनोनयनपत्र दर्ता गर्नुपर्ने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले असोज १९ गते मनोनयन दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।

    निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मनोनयनपत्र दर्ता गरिनेछ।

    विज्ञप्तिमा निर्धारित समयभित्र केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्यता पुगेका व्यक्तिले मनोनयन दर्ता गर्न सक्ने उल्लेख छ।

    केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक अन्य कार्यक्रम र प्रक्रियाबारे विस्तृत विवरण पछि सार्वजनिक गरिने समितिले जनाएको छ।

    मनोनयन दर्ताको कार्यक्रम सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरूको चुनावी तयारी थप अघि बढ्ने देखिएको छ। पार्टीभित्र विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ।

    निर्वाचन समितिले सम्बन्धित उम्मेदवारलाई तोकिएको समय र स्थानमा उपस्थित भई मनोनयनसम्बन्धी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ