• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी परिचालन, दुई एम्बुलेन्स तयारी अवस्थामा

    247
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गरिएको छ।

    महाधिवेशन स्थल खुलामञ्चको पश्चिमतर्फ तयार गरिएको हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक उपचारसम्मको सेवा प्रदान गरिनेछ।

    महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार हेल्थ डेस्कमा पाँचवटा स्टल रहनेछन्। सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ।

    हेल्थ डेस्कमा चिकित्सक, पारामेडिक्स तथा नर्ससहितको टोली परिचालन गरिनेछ। त्यहाँबाट रक्तचाप र रगतमा चिनीको मात्रा परीक्षण गर्नुका साथै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइनेछ।

    आकस्मिक अवस्था आएमा प्रतिनिधिहरूलाई अस्पताल पुर्‍याउन महाधिवेशन स्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने व्यवस्था गरिएको छ।

    आवश्यक परेमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारका लागि लैजाने प्रबन्ध मिलाइएको डा. केसीले जानकारी दिए।

    रातिको समयमा स्वास्थ्य समस्या देखिएमा पनि सेवा उपलब्ध गराउन ‘अनकल’ ड्युटीको व्यवस्था गरिएको छ। होटलमा बसेका प्रतिनिधिहरूलाई स्वास्थ्य समस्या भएमा सम्बन्धित होटलमै पुगेर जाँच गर्ने व्यवस्था पनि मिलाइएको उनले बताए।

    नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलका अनुसार हेल्थ डेस्कबाट आयुर्वेदिक र एलोपेथिक दुवै प्रकारका स्वास्थ्य सेवा उपलब्ध हुनेछन्। आवश्यक औषधिसमेत हेल्थ डेस्कमै राखिने उनले जानकारी दिइन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ