• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ठुला माछा समात्न नसकेको भन्दै बाबुराम भट्टराई आक्रोशित, कसलाई के भने ?

    360
    SHARES



    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै पछि हट्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान न्यायिक प्रणालीका सीमा र विद्यमान विकृतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

    लोकतन्त्रमा हरेक कार्य विधिसम्मत हुनुपर्ने मान्यतालाई स्वीकार गर्दै उनले वर्तमान कानुन र न्यायिक अभ्यासमा देखिएको विभेदकारी अवस्थालाई औँल्याएका छन्।

    ‘झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको काँक्रो चोर्दा पक्रिएर दण्डित हुने, अनि पेट भरिएका सुकिलामुकिलाले सबुत नछोडी भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने स्थिति छ,‘ उनले लेखेका छन्, ‘हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?’

    देशलाई योजनाबद्ध रूपमा लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहहरूलाई पहिले समाप्त नगरेसम्म सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने दाबी भट्टराईले गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ