काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार ललितपुरको एक पार्टी प्यालेसमा जारी बैठकमा धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।
हिजो ११८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । १६ जना केन्द्रीय सदस्यहरु अनुपस्थित रहेका छन् ।
आचार्यका अनुसार केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने आचार्यले बताए ।
एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ७ गते बैठक सम्पन्न गर्ने भनिएको थियो ।
प्रतिक्रिया