• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच न्यूयोर्कमा भेटवार्ता

    103
    SHARES



    न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा (UNGA81) का क्रममा न्यूयोर्कमा आज भएको भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।

    भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरे ।

    दुवै मन्त्रीले नेपाल र भारतबीचको निकट तथा लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै पारस्परिक हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ