काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।
बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थली काठमाडौंमा बस्ने रास्वपाले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया