• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    क्रियाशील सदस्यता रकम भोलि दिउँसो १ बजेभित्रै पठाउन ५ जिल्ला सभापतिलाई कांग्रेसको पत्र

    139
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले ५ जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता बापतको रकम पठाउन पत्राचार गरेको छ।

    कांग्रेसले बागलुङ सभापति जित शेरचन, बझाङ सभापति खड्कबहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, कञ्चनपुर सभापति पदम बोगटी र मुगु सभापति ऐनबहादुर शाहीलाई असोज ३ गते दिउँसो १ बजेभित्र रकम पठाउन पत्राचार गरेको हो।

    कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पत्राचार गरेर राष्ट्रिय वाणिज्य बैंकमा रहेको पार्टीको खातामा क्रियाशील सदस्यता बापतको रकम पठाउन आग्रह गर्दै भदौ ३१ गते पत्राचार गरेका हुन्।

    यी जिल्ला सभापतिहरूले वडा अधिवेशन सुरू गर्नका लागि आवश्यक तयारी पनि गरेका थिएनन्। कार्यसमितिका अरूलाई नै कार्यवाहक सभापति तोकेर कांग्रेसले अधिवेशन प्रक्रिया अघि बढाउँदैछ। असोज ३ र ४ गते कांग्रेसले वडा अधिवेशन गर्दैछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ