• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गणेशमानको त्याग, साहस र निष्ठालाई व्यवहारमा उतारौँ : कांग्रेस सभापति थापा

    290
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै उनका त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताएका छन्।

    सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै थापाले कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नलिन आग्रह गरेका छन्।

    थापाले गणेशमान सिंहजस्ता अग्रज नेताहरूले देखाएको त्याग, साहस र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्ने अवसरका रूपमा महाधिवेशनलाई अघि बढाउनुपर्ने बताएका हुन्।

    ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्। तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ,’ थापाले भनेका छन्।

    उनले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्नुपर्ने उल्लेख गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ