• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    महाधिवेशन उद्घाटन गर्न आउन शेरबहादुरलाई गगन थापाको आग्रह

    113
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन्। आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।

    बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालगायतका पूर्वपदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन सार्वजनिक अपिल गरे ।

    ‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ, मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ सभापति थापाले भने । आजको बैठकमा देउवानिकट नेताहरूको उपस्थिति छ ।

    सभापति थापाले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित भएको भन्दै तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने बताए । कांग्रेसको कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुनेछ भने विभिन्न तहको अधिवेशन सम्पन्न गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।

    ‘म पूर्वसभापति देउवालाई विशेष अनुरोध गर्न चाहन्छु– हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन। पार्टीको बृहत्तर एकताका लागि मेरो तर्फबाट गर्नुपर्ने सबै कुरा गर्न म तयार छु,’ उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ