• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ग्यास आपूर्ति सहज बनाउन कोसिस गर्दै साल्ट ट्रेडिङ

    229
    SHARES



    काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले निजी ग्यास कम्पनीहरूसँगको सहकार्यमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर आपूर्ति सहज बनाउन कोसिस थालेको छ।

    धादिङको जुगेखोलास्थित कर्पोरेसनको आफ्नै ‘एलपीजी प्लान्ट’मा ग्यास बुलेट पुग्न नसकेपछि मनोज र बाबा ग्यासका प्लान्टमार्फत एसटिसी सिलिन्डरमा बोटलिङ गरी वैकल्पिक मार्गबाट उपत्यका ल्याउन लागिएको हो।

    कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाका अनुसार पहिलो चरणमा शुक्रबारसम्म ती प्लान्टमा भरिएका ग्यास काठमाडौँ आइपुग्नेछन्।

    आयल निगमले कुल तीन हजार २५ ग्यास बुलेटमध्ये कर्पोरेसनलाई ५३ वटा (करिब २ प्रतिशत) मात्रै कोटा उपलब्ध गराउँदै आएको छ। कर्पोरेसनले हाल मासिक ५५ हजारदेखि ६० हजार सिलिन्डर खपत गर्दै आएको छ भने कालोबजारी रोक्न कुपन प्रणालीमार्फत बिक्री वितरण गरिरहेको छ।

    यस्तै, विपद्को अवस्थामा पनि देशभर आयोडिनयुक्त नुनको अभाव हुन नदिन कर्पोरेसनले ६ महिनालाई पुग्ने मौज्दात राखेको छ। भदौ १७ सम्म कर्पोरेसनको गोदाममा १ लाख २७ हजार ३६१ मेट्रिकटन नुन स्टक छ। नेपालमा वार्षिक करिब २ लाख १० हजार टन नुन खपत हुने गर्छ।

    यसैगरी, निजी क्षेत्रले प्रतिकिलो १३५ रुपैयाँसम्ममा बेचिरहेको चिनी कर्पोरेसनले प्रतिकिलो १०० रुपैयाँमै उपलब्ध गराएर बजार हस्तक्षेप गरेको छ। भदौ ९ मा ६०० टन चिनी भित्र्याएको कर्पोरेसनले हालसम्म ३ हजार टन चिनी बजारमा पठाइसकेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ