• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    केवाईसी पुष्टि गरेर बाढीमा चेक, कार्ड, मोबाइल हराएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने

    176
    SHARES



    काठमाडौँ । बाढीले प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन् ।

    राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गरेर आफैँसँग रहेको ग्राहक जानकारी (केवाईसी) सँग भिडाएर पुष्टि भएमा ग्राहकलाई वित्तीय जानकारी गर्न निर्देशन दिएको हाे ।

    ‘हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपतबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणको आधारमा ग्राहक यकिन गरी वित्तीय सेवाको पहुँच सुनिश्चित गर्नु,’ परिपत्रमा भनिएको छ ।

    ग्राहकलाई आवश्यक सहयोग सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ