• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लाङटाङको सुरूङमा फसेकाको उद्धार गर्न आजदेखि सेनासँगै आयोजनाको प्राविधिक पनि खटिदै

    350
    SHARES



    काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङभित्र फसेको आशंका गरिएका २५ जनाको खोजी तथा उद्धार कार्य आजदेखि पुनः सुरु हुने भएको छ।

    उद्धारका लागि बुधबार बिहान आयोजनास्थलमा नेपाली सेनाका १५ जना र कम्पनीका करिब ८ जना प्राविधिकसहितको टोली परिचालन भएको छ। उद्धारमा आवश्यक उपकरणहरू पनि हेलिकप्टरमार्फत आयोजनास्थलमा पुर्‍याउने काम भइरहेको आयोजनाले जनाएको छ।

    आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार आज साँझसम्म पेनस्टकको पाइप काटेर उद्धार टोलीलाई सुरूङभित्र करिब १५० मिटरको दूरीसम्म पुग्ने अवस्था बनाउने लक्ष्य छ। तर कामको अवस्था हेर्दा पेनस्टक काट्ने तथा सुरूङभित्र प्रवेश गर्ने काम भोलिसम्म पनि लम्बिन सक्ने उनले बताए।

    सोमबार उद्धार टोली सुरूङभित्र करिब १०० मिटर प्रवेश गरेपछि रोकिएको थियो। सुरूङभित्र ठूलो मात्रामा ढुंगा, माटो र फोहोर भरिएका कारण थप अघि बढ्न कठिन भएपछि टोली बाहिरिएको थियो।

    नेपाली सेना, भारतीय तथा नेपाली प्राविधिकसहितको टोलीले सुरूङभित्र प्रवेश गरेर खोजी गरेको थियो। उद्धारका लागि करिब १५० मिटरभित्र पुग्नुपर्ने भए पनि बाटोमा ठूला–ठूला बोल्डर भेटिएपछि टोली करिब १०० मिटर मात्रै अघि बढ्न सकेको थियो।

    त्यसपछि सरकारको उद्धार टोलीले कम्पनीसँगै मिलेर काम गर्ने प्रस्ताव गरेको थियो। बुधबार सोही अनुसार खोजी तथा उद्धार कार्य सुरू गर्न लागिएको आयोजनाका प्रबन्ध निर्देशक भट्टराईले जानकारी दिए। ‘खोजी तथा उद्धारमा सबै प्रोजेक्टहरुमा यसरी नै काम गर्नु पर्ने थियो,’ उनले भने।

    सुरूङको मुख्य प्रवेशद्वारबाट भित्र जान कठिन भएपछि पेनस्टक पाइप काटेर त्यसलाई म्यानहोलका रूपमा प्रयोग गरी सुरूङभित्र प्रवेश गर्ने योजना बनाइएको छ। आयोजनाका अनुसार बाढीपहिरोले आयोजनास्थलमा रहेका उद्धारका अधिकांश उपकरण बगाएको थियो।

    त्यसपछि काठमाडौंमा नयाँ उपकरणको व्यवस्थापन गरी नुवाकोटको बट्टारमा राखिएको छ। ती उपकरण अहिले हेलिकप्टरमार्फत आयोजनास्थलमा लैजाने काम भइरहेको छ। भट्टराईका अनुसार बुधबारदेखि नेपाली सेना र कम्पनीको प्राविधिक टोलीले संयुक्त रूपमा उद्धारको काम अघि बढाउनेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ