• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नुवाकोट र रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, त्रिशूलीमा सतर्कता अपनाउन आग्रह

    175
    SHARES



    काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार देशभरका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ।

    विशेषगरी नुवाकोट र रसुवा जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाको पछिल्लो मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तलै रहे तापनि महाशाखाले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ।

    आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। यस अवधिमा विशेषगरी नारायणी जलाधारअन्तर्गतको त्रिशूली नदीको बेत्रावती क्षेत्रमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान बुलेटिनमा उल्लेख छ। कोसी, कर्णाली र महाकाली लगायतका अन्य प्रमुख जलाधार क्षेत्रहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ।

    आज देशभरका विभिन्न जिल्ला भएर बग्ने साना नदीहरूमा बाढीको मध्यम जोखिम छ। ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोरखा, लमजुङ, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने साना नदीहरूको बहाव उल्लेख्य बढ्ने महाशाखाको भनाइ छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    भोलि सातै प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ। नदीमा पानीको सतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन भनिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ