• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कृष्णभीरमा सडक भासियो : मुग्लिङ–काठमाडौँ सडकखण्ड अवरुद्ध

    309
    SHARES



    धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो।

    बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।

    ट्राफिक प्रमुख पाण्डेले सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरी सुचारु गर्न केही समय लाग्न सक्ने जानकारी दिए।

    आज बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढेको र विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले राजमार्गको यात्रा निकै जोखिमपूर्ण बनेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ