• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    खुल्यो काठमाडाैँ उपत्यकाको प्रमुख लाइफलाइन पृथ्वी राजमार्ग

    414
    SHARES



    काठमाडौँ। काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। रसुवा बाढीपछि अवरुद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सडक विभागले जनाएको छ।

    उक्त सडक खण्ड अन्तर्गत मलेखु नजिकको पोखरी, बांगे र गलौदी क्षेत्रको लेदो हटाउने काम सकिएसँगै यातायात सुचारु भएको हो । बाढीका कारण राजमार्गको गल्छी बैरेनी खण्डमा लेदो माटोले पुरिएको थियो । यसअघि उक्त माटो हटाएर बिहीबारदेखि एकतर्गफी यातायात सुचारु भएको थियो ।

    पुल बगाएर बाटो पनि छोपेको जरिखेत खण्डको पनि लेदो हटाएर हटाई यातायात सुचारु भइसकेको थियो । यातायात सुचारु भएसँगै काठमाडौँ उपत्यकाको आपूर्ति प्रणाली सहज हुने विश्वास गरिएको छ । पृथ्वी राजमार्गलाई उपत्यकाको प्रमुख लाइफलाइन मानिन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ