• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    तिब्बततर्फ ड्याम फुटेको सूचनासंगै विदुर र त्रिशूली बजारबाट उद्धारकर्मी र डोजर हटाइयो

    337
    SHARES



    काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल (ड्याम) पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

    चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर बग्न थालेपछि बाढीको गम्भीर खतरालाई मध्यनजर गर्दै नुवाकोटको सदरमुकाम विदुर र त्रिशूली बजार क्षेत्रमा उद्धारमा खटिएका डोजर, उपकरण र मानिसहरूलाई क्षतिग्रस्त ठाउँबाट तत्काल सुरक्षित स्थानतर्फ हटाइएको छ ।

    रसुवामा खटिएका एसएसपी दीप शमशेर राणाका अनुसार सम्भावित जोखिमका कारण सुरक्षाकर्मीले सीमा क्षेत्र र नदी किनारका सडकहरूमा आवागमन पूर्ण रूपमा रोकेका छन् ।

    नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रमा कार्यरत उद्धारकर्मी र सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ