• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भोटेकोशी बाढीमा ९१० जना बेपत्ता, ५१७ विदेशी नागरिक

    297
    SHARES



    काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ९१० जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा ५१७ जना विदेशी नागरिक रहेका छन्। त्यस्तै, नेपाली सेनाका ४४ जना र नेपाल प्रहरीका २८ जना पनि बेपत्ता सूचीमा छन्।

    हालसम्म बाढीमा परी २५८ जनाको शव फेला परेको र ३५१ जनालाई उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य भने जारी छ।

    यसअघि नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा बाढी तथा पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २८९ पुगेको उल्लेख गरिएको थियो। विभिन्न निकायबाट प्राप्त तथ्यांकमा फरक देखिएकाले विवरण अद्यावधिक हुने क्रम जारी रहेको बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ