• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवा बाढीमा परि कर्णालीका १३४ जना सम्पर्कविहीन

    447
    SHARES



    सुर्खेत । रसुवा जिल्लामा आएको भीषण बाढीपछि रोजगारीका लागि रसुवा, नुवाकोट तथा त्रिशूली आसपासका क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

    कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि प्रदेशका १० जिल्लाबाट ती व्यक्तिहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको हो।

    कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरले जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रशासनबाट प्राप्त विवरण संकलन गर्ने काम भइरहेको बताए।

    उनका अनुसार प्राप्त विवरण प्रारम्भिक भएकाले सम्पर्कविहीन व्यक्तिको संख्या थपघट हुन सक्ने सम्भावना छ। “जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त विवरण संकलन भइरहेको छ। अहिलेसम्म कर्णालीका १० जिल्लाका १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी आएको छ,” एसएसपी राठौरले बताए।

    प्रहरीले बाढी प्रभावित क्षेत्रमा रहेका कर्णालीका नागरिकको अवस्था यकिन गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। सम्पर्कविहीन व्यक्तिबारे थप विवरण प्राप्त भएपछि संख्या र अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक गरिने बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ