काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले बताए ।
अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ । चितवनमा ५२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिए ।
उनका अनुसार हालसम्म बागमती प्रदेशका जिल्लाहरूमा १०६ जनाको शव भेटिएको छ । गण्डकी प्रदेशमा पर्ने गोरखा र पूर्वी नवलपरासीमा पनि नदी तटमा भेटिएको शव निकाले प्रहरीले पहिचान गर्ने प्रयास गरिरहेको छ ।
बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जना मृत फेला परेका छन् । नुवाकोटमा १७ जना धादिङमा २१ जना मृत भेटिएको एसएसपी धमलाले जानकारी दिए
प्रतिक्रिया