• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक, भूकम्पदेखि बाढी छिर्दासम्म के–के भयो ? पूर्णपाठसहित

    266
    SHARES



    काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै समाप्त भइसकेको छैन ।

    महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औँल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ ।

    घटनाको समयक्रमअनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको केही समयपछि ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो ।

    बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेको सूचना प्राप्त भए लगत्तै महाशाखाले तटीय क्षेत्रमा पूर्व सूचना र सतर्कता सन्देश प्रवाह गरेको थियो । यो बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास, ११ः५० बजे मलेखु बजार र दिउँसो १ः०० बजे मुग्लिङ पार गर्दै ३:२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    बाढीको तीव्रता र बहावका कारण रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुमा रहेका जलमापन केन्द्रका उपकरणहरू बाढीले बगाएका कारण ती स्थानको यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन ।

    यद्यपि, धादिङको कालीखोला जलमापन केन्द्रमा दिउँसो २:१४ बजे जलसतहले १२।१ मिटरको खतराको तह पार गरी अधिकतम १२.३ मिटरसम्म पुगेको रेकर्ड गरिएको छ । महाशाखाले निष्कर्ष निकाल्दै चीनतर्फ नदी थुनिएको स्थानमा बनेको तालको अवस्था अझै सामान्य नभएकाले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा जुनसुकै बेला थप पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ