• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवा बाढी : धादिङमा भेटियो ६ जनाको शव, ३८४ पर्यटक सम्पर्कविहीन

    361
    SHARES



    काठमाडौं । रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका महेश दोभानमा एक महिलाको, गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको, सिद्धलेश गाउँपालिका-७ स्थित त्रिशूलीकै किनारमा एक शव, बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो।

    धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् ।

    नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् ।

    सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डल पर्यटक सम्पर्कविहीन भएको जनाएको हो ।

    तीमध्ये सम्राट टुर्स एन्ड ट्राभल्सबाट ७१ जना (५९ भारतीय र १२ नेपाली) सम्पर्कविहीन भएका छन् । काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन् । जसमा १ विदेशी र १५ नेपाली छन् ।

    त्यस्तै लिफ होलिडेजका ५५ जना (४६ भारतीय र ९ नेपाली) सम्पर्कविहीन छन् । कैलास जर्नीबाट ३१ जना बेपत्ता छन् । जसमा २६ विदेशी र ५ नेपाली छन् ।

    यसैगरी एक्स्प्लोर भ्याकेसनबाट ७ नेपाली सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । ट्रेकर्स सोसाइटीबाट ९२ जना (७७ विदेशी र १५ नेपाली) सम्पर्कविहीन छन् ।

    रिचा टुर्स एन्ड ट्राभल्सबाट १२ सम्पर्कविहीन भएको तथ्यांक सार्वजनिक भएको छ । जसमा ८ विदेशी र ४ नेपाली छन् । फिस्टेल टुर्स एन्ड ट्राभलबाट २७ सम्पर्कविहीन छन् । जसमा २० विदेशी र ७ नेपाली छन् ।

    हिमालयन ग्लेसियरबाट ५२ सम्पर्कविहीन रहेकोमा ३७ विदेशी र १५ नेपाली छन् । अल्पाइन इको ट्रेकबाट २० सम्पर्कविहीन छन् । जसमा १६ विदेशी र ४ नेपाली छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ