• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ट्रमा सेन्टरका डाक्टरको टोली बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो

    119
    SHARES



    काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् । सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ ।

    ‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाँउमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘ अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं ।’

    यस्तै सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा नि:शुल्क गरेको छ ।

    उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा नि:शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले राहत, उद्धार र खोजमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति नचाहिने व्यवस्था मिलाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ