• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरीको ठूलो संख्यामा टोली परिचालन

    319
    SHARES



    काठमाडौँ । चीनबाट रसुवा हुँदै आएको बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

    सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रहरूमा विभिन्न युनिटबाट टोलीहरू खटिएका छन्।

    उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा पुगेका छन्।

    बाढी र डुबानमा परेका नागरिकको खोजी तथा सुरक्षित स्थानान्तरणका लागि यी टोलीहरूले सक्रियतापूर्वक काम गरिरहेको प्रवक्ता थापाले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ