• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवा बाढी : प्रहरीका ३ कार्यालय बगायो, सेनाका २ वटा हेलिकप्टर रसुवा उडे

    260
    SHARES



    काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति आएको बताइएको छ ।

    यी कार्यालय र त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुको विवस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

    यस्तै नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।

    थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए । साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ । थप विवरण आउन बाँकी रहेको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ