• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सासूको निधनका कारण सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    346
    SHARES



    काठमाडौँ । सासूको निधन भएपछि सभामुख डोलप्रसाद अर्यालले मङ्गलबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगन गरी बुधबार दिउँसो १ बजेका लागि तय गरेका छन्।

    ९० वर्षीया सासू शिवकुमारी केसीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपश्चात् शनिबार घर फर्काइएकोमा मङ्गलबार बिहान निधन भएको थियो। सोही पारिवारिक शोकका कारण सभामुख अर्यालको निर्देशनमा संसद सचिवालयले बैठकको समय परिवर्तन भएको सूचना जारी गरेको हो।

    प्रतिनिधि सभा नियमावली २०८३ को नियम ६ अनुसार बैठकको सुरु र स्थगनको घोषणा गर्ने अधिकार सभामुखलाई रहेको छ। नियमावलीमा सभामुखले उपसभामुखलाई लिखित जिम्मेवारी दिएर वा विशेष परिस्थितिमा उपसभामुखले बैठक सञ्चालन तथा स्थगन गर्न सक्ने प्रावधान समेत छ।

    यद्यपि, यस पटक सभामुखले उपसभामुख रुबी कुमारीलाई बैठक सञ्चालनको जिम्मेवारी हस्तान्तरण नगरी सोझै स्थगनको निर्णय लिएका थिए। उपसभामुखले आकस्मिक अवस्थामा नियमावली अनुसार नै बैठक स्थगित गरिएको र आफूलाई पछि मात्र यसबारे जानकारी भएको बताएकी छिन्।

    ‘मलाई अचानक बैठक स्थगित भएको थाहा भयो’, उपसभामुखले भनिन्, ‘हाम्रो नियमावलीले ‘इमरजेन्सी’ भएको अवस्थामा बैठक स्थगित गर्न सक्ने व्यवस्था गरेको छ।’

    संसद सचिवालयका अनुसार उपसभामुखको मातृभाषा मैथिली भएकाले उनी हाल नेपाली भाषाको अध्ययन र अभ्यासमा छिन्। उनले बैठक सञ्चालनमा आत्मविश्वास बढाउँदै लगेको भए पनि पूर्ण रूपमा बैठक सञ्चालन गर्ने क्षमता र परिपक्वता अझै अभिवृद्धि भइरहेको सचिवालयका अधिकारीहरूको भनाइ छ।

    ‘सभामुखले नै उहाँलाई अहिले बीच बीचमा बैठक सञ्चालनका लागि अवसर दिइरहनु भएको छ। उहाँले पनि बैठक सञ्चालनको आत्मविश्वास बढाउनुभएको छ तर अहिले बैठकको पूर्ण कमान्डको लिइहाल्न सक्ने अवस्थामा हुनुहुन्न ।’ ती अधिकारीले भने, – उहाँले निकै मिहेनत गरेर भाषा पनि सिकिरहनु भएको छ, बैठक सञ्चालनमा परिपक्कता बढ्दो छ। भाषाको कमाण्ड पनि बलियो हुँदै गएको छ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ