• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    फेरी बढ्यो सुनको भाउ, प्रतितोला आज कतिमा हुँदैछ किनबेच?

    1.7K
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) पनि सुनको भाउ बढेको छ। शुक्रबार प्रतितोला तीन हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार आठ सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला चार हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय चार अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ