• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    किशोर श्रेष्ठ पक्राउ प्रकरणमा सर्वोच्चको आदेश : तत्काल रिहा गर्न निर्देशन

    864
    SHARES



    काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको हो।

    जनआस्था अनलाइनमा प्रकाशित समाचार तथा त्यसमा प्रयोग गरिएको तस्वीरले व्यक्तिको गोपनीयताको अधिकार उल्लंघन गरेको दाबी गर्दै प्रहरीले श्रेष्ठलाई गत साउन २७ गते नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि बढाइएको थियो।

    तर सर्वोच्चले उक्त प्रकरणमा प्रकाशित तस्वीरसम्बन्धी महत्वपूर्ण तथ्य औंल्याउँदै श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशमा समाचारमा प्रयोग गरिएको तस्वीर सम्बन्धित जाहेरवालाले नै यसअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको उल्लेख छ।

    उक्त तस्वीर आफूले सामाजिक सञ्जालमा नराखेको भन्ने तथ्यलाई विपक्षी पक्षले समेत पुष्टि वा खण्डन गर्न नसकेको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ। यस आधारमा श्रेष्ठलाई निरन्तर हिरासतमा राखिरहनुपर्ने अवस्था नरहेको निष्कर्षसहित अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ